arrow

निधी–मनमोहन भेटवार्ता

logo
प्रकाशित २०७३ भदौ ६ सोमबार
Nidhi–shing.jpeg
काठमाडौं । भारत भ्रमणमा रहेको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता भएको छ । सोमबार भारतको नयाँदिल्लीमा रहेको सिंहको निजी निवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।
 
भेटका क्रममा उनीहरूबीच पछिल्लो नेपाली राजनीतिक घटनाक्रम, नेपालको विकास र आपसी हितको विषयमा छलफल भएको हाम्रा बिशेष सहयोगी शंकर तिवारीले जानकारी दिए । नेपालमा तात्कालीन समयमा २०६२/६३ मा काँग्रेस आईको तर्फबाट प्रधानमन्त्री बनेका सिंहकै पालामा भारतको नयाँदिल्लीमा १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको भएको थियो । 
 
विहानै ताज होटलमा पुगेर भारतीय विपक्षी दलकाँग्रेस आईका उपाध्यक्ष राहुल गान्धीसँग पनि भेट गरेका थिए । मंगलबार स्वदेश फर्कने तयारीमा रहेका गृहमन्त्री निधिले फर्किनु अघि भारतीय जनता पार्टीका नेता अमित शाहसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । यसअघि, निधिले औपचारिक भेटमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री र समकक्षीसँग शिष्टाचार छलफल गरेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ