arrow

पेट्रोलियम पदार्थको वितरण सहज गर्न प्रधानमन्त्रीको निर्देशन

logo
प्रकाशित २०७३ भदौ ६ सोमबार
petrol-distribution-in-nepal.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको सहज व्यवस्थापन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् । 
 
प्रधानमन्त्री दाहालले आज आपूर्तिमन्त्री दीपक बोहरालाई टेलिफोन गरेर उपत्यकामा देखिएको इन्धन अभावलाई तत्काल समाधान गर्न भनेका हुन् । उनले भने , “उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको सूचना आएको छ । पेट्रोल पम्पमा लाइन लाग्न थालेको छ, यसको कारण के हो ? यसको तत्काल समाधानका लागि प्रयत्न गर्नुहोस् ।” 
 
प्रधानमन्त्रीले बजारको नियमित अनुगमन गर्न, पेट्रोलियम पदार्थलगायत जनताको दैनिकीसँग गाँसिएका उपभोग्य वस्तुको सहज आपूर्तिलाई नियमित गर्न आपूर्तिमन्त्रीको ध्यानाकर्षण गराएको उनका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए । 
 
जवाफ आपूर्तिमन्त्री बोहराले तीन दिन लामो बिदाका कारण उपत्यकामा इन्धनको आपूर्तिमा केही समस्या देखिएको भन्दै बजारमा अभाव हुन नदिने विश्वास दिलाए । 
 
मङ्गलबारदेखि सहज हुन्छ : निगम 
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कुनै अभाव नरहेको उल्लेख गर्दै भोलि (मङ्गलबार) देखि नै पम्पमा देखिएको लाइन हट्ने जनाएको छ । इन्धन अभाव हुनुपर्ने कुनै कारण नभएको निगमको भनाइ छ । 
 
पेट्रोलियम पदार्थ पाइँदैन की भन्ने मनोविज्ञानका कारण उपभोक्ताले अनावश्यक भण्डारण गरेकाले पम्पमा लाइन देखिएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।उनका अनुसार उपत्यकामा दैनिक चार लाख लिटर आवश्यक पर्नेमा केही दिनयता छ लाख लिटरभन्दा बढी पेट्रोलियम पदार्थ बिक्री गरिएको छ । 
 
निर्देशक साहका अनुसार शुक्रबार, आइतबार र सोमबार आवश्यकताभन्दा बढी मात्रमा इन्धन बजारमा पठाएकाले मङ्गलबारदेखि लाइन हट्ने बताए । शनिबार इन्धन बिक्री नगरिएकाले उपभोक्ताले अभाव हुने आशङ्काले भण्डारण गरिएको निगमले अनुमान गरेको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ