arrow

पत्याउनु हुन्छ ? चार वर्षेलाई ९ कक्षामा भर्ना

logo
प्रकाशित २०७३ भदौ ७ मंगलबार
ananya.jpeg
लखनऊ । भारत त्यस्तो ठाउँ हो जहाँ नहुने रेकर्ड केही छैन । यतिबेलाको प्रसङ्ग हो शिक्षाको । एक चार वर्षे बालिकालाई पढ्न ९ कक्षामा भर्ना लिइएको छ ।
 
लिम्का बुक अफ रेकर्डसमा नाम लेखाउन सफल चार वर्षे अनन्या वर्मालाई लखनउको विद्यालयले भर्ना लिएको हो ।
 
अब उनले उत्तर प्रदेशको बोर्ड परीक्षाको तयारी गर्ने जनाइएको छ । उनले बोर्ड पास गरे विश्वकै कम उमेरमा १० कक्षा पास गर्ने कीर्तिमान रच्नेछिन् ।
 
सो रेकर्ड भने अहिले उनकै दिदीको नाममा छ । अनन्याकि दिदीले सन् २००७ मा सात वर्षकै उमेर १० पास गरेकी थिइन् ।
 
उनकी दिदी सुशमा १५ वर्षको उमेरमा पीएचडीका क्रममा छिन् । सुशमाले तीन वर्षअघि बीएस्सी गरेकी थिइन् ।
 
त्यस्तै उनका दाजुले १४ वर्षको उमेरमा बीसीए पूरा गरेका छिन् । उनीहरुका बाबु तेजबहादुर वर्मा बाबासहेभ भिमराव अम्बेडकर विश्वविद्यालयका एसिस्टेन्ट सुपरभाइजर हुन् भने आमा छायाँ देवीलाई लेख्न र पढ्न आउँदैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ