arrow

फिलिपिन्समा भेटियो विश्वकै ठूलो मोती, तौल ३४ केजी

logo
प्रकाशित २०७३ भदौ ८ बुधबार
Pearl_Giant_philippines.jpeg
एजेन्सी। फिलिपिन्समा एक बडेमानको मोती फेला परेको छ। ३४ केजी तौल रहेको सो मोती, विश्वकै ठूलो मोती रहेको अधिकारीहरूले दाबी गरेका छन्। 
 
अचम्मको कुरा त सो मोतीलाई एक माझीले आजभन्दा १० वर्ष अगाडि नै फेला पारेका हुन्। तर यसको मूल्य थाहाँ नहुँदा ती माझीले मोतीलाई शुभ संकेत प्रदान गर्नेको रूपमा राखेका थिए। 
 
“हामी सबै चकित पर्यो जब उनले मोती हामीकहाँ ल्याए,” एक अधिकारीले भने।
 
अधिकारीहरू अझैं सो मोती विश्वकै ठूलो हो भन्ने प्रमाणित गर्नलाई जिमोलोजिस्टबाट स्वीकृति पर्खिरहेका छन्। 
 
सो मोतीको चौडाइ ६१ सेन्टीमिटर र लम्बाईं ३० सेन्टीमिटर छ। अहिलेको सबैभन्दा ठूलो मोती “पर्ल अफ लावो जु” को तौल ६ दशमलव ४ केजी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ