arrow

नेपाली जनसम्पर्क समिति क्यानडामा पौडेल

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
congress-flag.jpg.jpeg.jpeg
क्यानडा। नेपाली जनसम्पर्क समिति, क्यानडाको हालै सम्न्न ऐतिहासिक बिशेष भेलाले सभापतिमा तुल्सी पौडेल सहित कार्यसमिति चयन गरेक छ। कार्यसमितिको उपसभापतिमा सुरज पाण्डे, महामन्त्रीमा दिपक सापकोटा, कोषाध्यक्षमा विद्याभूषण कार्की र सहमहामन्त्रीमा विनय न्यौपाने निर्वाचित भएका छन्। 
 
त्यसैगरि कार्यसमिति सदस्यहरुमा ऋषि तिवारी, अम्बिका ज्ञवाली, सुर्य सापकोटा, ऋषिकेश घिमिरे, रामबाबु थापा, अन्जु बिष्ट, दिपेन्द्र पौडेल, लक्ष्मण पाण्डे, कमला शर्मा, जगन्नाथ रेग्मी, सुदिप खनाल, विवेक पाण्डे, नविन न्यौपाने र बुद्धिराज शर्मा छन्। 
 
नोभेम्वर २८, २०१५ मा संस्थाको प्रथम अधिवेशन उद्घाटन भै विविध कारणबश स्थगित हुन पुगेको, पूर्व समिति विघठन भैसकेको र अधिबेशन समेत स्थगित भएको लामोसमयदेखि हालसम्म कार्यसमिति नरहेको अबस्थामा संस्थाका कार्यक्रमहरु तथा सांगठनिक बिकासमा अन्योलको बातावरण सिर्जना भएपछि अगष्ट २० गते मिसिसागा क्यानडामा प्रजातन्त्रप्रेमी साथीहरुको बृहत भेलाको आयोजना गरिएको थियो।
 
समाजका अग्रजहरु लगायत लोकतन्त्रप्रति आस्थावानहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त भेलाले संस्थाका पूर्व केन्द्रिय सदस्य ऋषि तिवारीको संयोजकत्वमा गठित समितिबाट ल्याईएको प्रस्ताव माथि व्यापक छलफल गर्दै सर्वसम्मत रुपमा पूर्व कार्यसमिति सदस्य तुल्सी पौडेलको सभापतित्वमा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो। उक्त गठित समितिलाई उपस्थित समाजसेवीहरु, पत्रकार, विभिन्न क्षेत्रका विज्ञ लगायत नेपालदेखि पारिवारिक भ्रमणमा आउनुभएका अग्रज महानुभावहरुले बधाई तथा शुभकामना व्यक्त गर्दै संस्थाले सम्पूर्ण अस्थावान साथीहरुको भावनालाई कदर गर्दै अझै शसक्त रुपमा संगठित भई अगाडी बढ्ने अपेक्षाका साथ् आ-आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्दता व्यक्त गरेका थिए।
 
संस्थाका शुभेच्छुक पूर्व राजनीतिज्ञ तथा अग्रज लेखनाथ तिमिल्सिना लगायत अन्य वरिष्ट महानुभावहरुले यस समितिको गठन वर्तमान अवस्थामा किन अपरिहार्य रह्यो भन्ने कुराको पुस्टि गर्नुभयो । भुतपुर्ब कार्य समितिको अधिकांश व्यक्तिहरुबाट बिगत ३ वर्षको अबधिमा भए गरिएका कार्यको मुल्यांकन गर्दा संगठन विस्तार अनि विकासमा कुनै ठोस उपलब्धि हासिल गर्न नसकेको उल्लेख गरेका थिए। 
 
संस्थाका पूर्व केन्द्रिय सदस्य ई. ज्ञान प्रसाद गौतमले संस्थाका हालसम्मका गतिविधिहरु बारे जानकारी गराउदै उक्त भेलाको औचित्य माथि प्रकाश पारेका थिए। उपस्थित अधिकांश साथीहरुको भावना अनुरुप नेपाली जनसम्पर्क समिति क्यानाडाको यस स्प्रिटमा समाहित भई अगि बढ्न उनले जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ