arrow

को हुन् प्रकाशशरण महत?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ भदौ १० शुक्रबार
minister-prakashsaran-mahat.jpeg
काठमाडौं। नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवासँग अत्यन्तै निकट रहेका प्रकाशशरण महत परराष्ट्र मन्त्री भएका छन्। अमेरिकाको विश्वविद्यालयबाट फुलव्राइट छात्रवृती अन्तर्गत अर्थशास्त्रमा विद्यावारिधी सकाएका उनी नेपाल विद्यार्थी संघको पूर्व महामन्त्री समेत थिए। २०१६ सालमा नुवाकोटमा जन्मिएका महतको अहिले श्रीमती र दुई छोराछोरी छन्। 
 
दोस्रो संविधानसभामा समानुपातिकबाट सभासद भएका उनी संविधान लेखनका बेलामा संवैधानिक मस्यौदा समितिका सदस्यका रुपमा क्रियाशिल थिए। रुपान्तरित संसदमा उनी कृषि तथा जलस्रोत समितिका सदस्य छन्। महत पहिलो संविधान सभामा पनि समानुपातिकबाट सभासद थिए। 
 
परराष्ट्र मन्त्रीका रुपमा महत यो पटक पूर्ण जिम्मेवारीका साथ जाँदैछन। परराष्ट्रमा उनले १२ बर्षअघी राज्यमन्त्रीका रुपमा शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा काम गरेका थिए। महतले उर्जा मन्त्रीका रुपमा पनि काम गरिसकेका छन्। 
 
महतले ९ बर्षअघीदेखि नेपाली काँग्रेसको केन्द्रीय सदस्यको रुपमा क्रियाशिल छन्। त्यसभन्दा अघी उनी नेपाली काँग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्य थिए। १४ बर्षअघी सात महिनाका लागि महत राष्ट्रिय योजना आयोगको सदस्य भएका थिए। त्यसभन्दा अघी शेर बहादुर देउवाका सल्लाहकारका रुपमा काम गरेका थिए महतले। लोकतान्त्रिक आन्दोलनका क्रममा कैयौपटक जेल गएका उनले व्यवसायिक जीवनमा पनि सफलता पाएका छन्। राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पनि विभिन्न कार्यपत्रहरु लेखेका गोष्ठी सेमिनारमा भाग लिएका महत अब भने सरकारको परराष्ट्र मन्त्री भएर कुटनीतिक क्षेत्रमा देशको छवी उच्चो बनाउने जिम्मा पाएका छन्। महतलाई हाम्राकुराको तर्फबाट वधाई र शुभकामना।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ