arrow

को हुन् हृदयराम थानी?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ भदौ १० शुक्रबार
hirdayaram-thani.jpeg
काठमाडौं। सांसद हृदयराम थानी सरकारको सहकारी तथा गरिवी निवारण मन्त्रीमा नियुक्त भएका छन्। २०१७ जेठ २६ गते पिता पद्मलाल थानी र माता देवी थानीको पुत्रको रुपमा बयलकांडा सुर्खेतमा जन्मिएका थानी वीरेन्द्रगनर नगरपालिका–१, सुर्खेतमा बस्दै आएका छन। 
 
इन्जिनियररिङ क्याम्पस, पुलचोकबाट उच्च अध्ययनका क्रममा आइई गरेका उनले शंकरदेव क्याम्पस व्यवस्थापन संकायमा स्नातक र त्रिवि किर्तिपुरबाट एमए गरेका हुन्। 
 
विद्यार्थी राजनीतिमा शुरु देखिनै लागेका थानी नेपाल विद्यार्थी संघ इकाई समिति, इन्जिनियरिङ क्याम्पस, पुलचोक ललितपुर, २०३५–२०३९ सम्म सभापति भएका थिए। स्वतन्त्र विद्यार्थी युनियन, शंकरदेव क्याम्पस, काठमाडौं, २०४१–२०४३ सम्म सभापति भएका थानी नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिको २०४३–२०४८ सम्म उपाध्यक्ष थिए। 
 
नेपाली कांग्रेस जिल्ला कार्या समिति, सुर्खेतको २०४५–२०५२ सम्म सदस्य रहेका थानी नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २, सुर्खेतको सभापति पनि भए। नेपाली कांग्रेस जिल्ला कार्य समिति, सुर्खेतको २०५९–२०६०मा सभापति भएका उनले नेपाली कांग्रेस, केन्द्रीय समन्वय विभागको  सदस्य सचिव भएर पनि काम गरे। 
 
नेपाली कांग्रेसको १३ औं महाधिवशेनबाट उनी प्रदेश नम्बर ६ बाट केन्द्रीय सदस्यमा निर्वाचित भए। थानीको राजनीतिक यात्रा संघर्षपूर्ण छ। उनले पटक पटक जेल जीवन विताएका छन। २०४२ सालको सत्याग्रहको बेला भद्रगोल जेल गए भने २०४५ सालको नेपाल विद्यार्थी संघद्धारा गरिएको आन्दोलनका क्रममा सेन्टर जेल, पुगे। फेरि २०४६ सालको जनआन्दोलनमा उनलाई भद्रगोलजेल हालियो।
 
जनआन्दोलन २०६२/६३ को क्रममा २०६२ माघ १९ गते सुर्खेतमा विरोध कार्यक्रमबाट गिरफ्तार गरी १ महिने पुर्जी थमाई थानीलाई हिरासतमा राखिएको थियो। २०४५ सालको जनजागरण अभियान अन्तर्गत काठमाडौंमा गिरफ्तार गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइएकोमा पार्टीद्धारा धरौटीमा रिहा गराएको थियो। 
 
थानी संसदीय राजनीतिमा भने प्रतिनिधि सभा सदस्यको रुपमा क्षेत्र नं २, सुर्खेतबाट २०५६मा निर्वाचित भए। त्यसपछि प्रतिनिधि सभा राज्य व्यवस्था समितिको  सभापति भए। उनले प्रथम पटक २०५८–२०५९ र दोस्रो पटक २०६० मा राज्य व्यवस्था समितिको सभापति भएका थिए। 
 
२०५१मा सुर्खेत क्षेत्र नं २मा प्रतिनिधिसभा उम्मेदवार भएका थानी २०६४मा सोही क्षेत्रबाट संविधानसभा उम्मेदवार भएका थिए भने दोस्रो संविधानसभा निर्वाचन २०७० मा सुर्खेत क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। सुर्खेतका जनताको यहि विश्वास र भरोसाले थानीलाई सरकारको सहकारी तथा गरिवी निवारण मन्त्रीको जिम्मेवारीसम्म पुर्‍याएको छ।
 
थानीलाई हाम्राकुरा डटकमको तर्फबाट शुभकामना।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ