arrow

कामदारको स्वास्थ्य परीक्षण रिपोर्ट गलत दिनेलाई कार्वाही गर्न गगनले बनाए समिति

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
gagan-sign-padbhar.jpeg
काठमाडौं। स्वास्थ्य मन्त्री गगन थापाले युवा सरोकारको विषयमा आफ्नो पहिलो निर्णय गरेका छन्। वैदेशिक रोजगारमा जाने यूवाहरुप्रति अत्यन्तै संवेदनशिल रहेका थापाले वैदेशिक रोजगारमा जाने तिनै लाखौं नेपाली युवाहरुसँग सम्बन्धित विषयमा निर्णय गर्दै मन्त्री भएपछिको आफ्नो पहिलो हस्ताक्षर गरेका हुन्।
 
बैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण रिपोर्ट गलत हुने गरेको विषयमा विशेषज्ञ समिति गठन भएको छ। गलत रिपोर्टकाका कारण बैदेशिक रोजगारीमा जाने धेरैले दुःख पाइरहेको विषयमा स्वास्थ्य मन्त्रालयमा समेत पटक–पटक उजुरी पर्न थालेपछि यस बिषयमा मन्त्री थापाले आफ्नो पहिलो हस्ताक्षर गरेका हुन्।
 
मन्त्रीस्तरिय निर्णय अनुसार गठित यो विशेषज्ञ समितिले गलत रिपार्ट दिने संस्थालाई कारबाहीको दायरामा ल्याउनेछ। समितिमा स्वास्थ्य मन्त्रालयको तोकेको राजपत्र अंकित प्रथम श्रेणीका चिकित्सक अध्यक्ष रहनेछन्। मेकिडकल काउन्सिलका एक चिकित्सक, श्रम तथा यातायात मन्त्रालयका कानून अधिकृत, नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष वा प्रतिनीधि र वैदेशिक रोजगारीबाट फर्किएको मध्येबाट एक जना सदस्य रहनेछन्।
 
वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण भरपर्दो र विश्वसनीय बनाउन यो निर्णय गरिएको मन्त्री थापाले हाम्राकुरालाई बताए। उनले जनचाहना अनुसार काम गर्ने पनि बताए। आफू असफल भए सिंगै पुस्ता असफल हुने कारणले जनताको लागि खरो रुपमा उत्रिने थापाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ