arrow

दूरसञ्चार प्राधिकरणद्वारा एनसेललाई पाँच लाख जरिवाना

logo
प्रकाशित २०७२ मंसिर १६ बुधबार
काठमाडौँ। अप्टिकल फाइबर प्रयोग गरेर बिना अनुमति दूरसञ्चार सेवा प्रदान गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)ले एनसेललाई कारबाही गरेको छ। सेसन इनिसेसन प्रोटल (सिप)मार्फत २९ वटा कल सेन्टरलाई दूरसञ्चार सेवा सञ्चालन गर्न दिएकाले दूरसञ्चार प्राधिकरण ऐन, २०५३ को दफा ४७ को (२) अनुसार निजी क्षेत्रको टेलिकम्युनिकेसन कम्पनी एनसेललाई कारबाही गरिएको हो ।
 
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार एनसेलले अवैधरुपमा दूसञ्चार सेवा सञ्चालन गरेकाले उक्त सेवा तत्काल बन्द गर्न र नियम अनुसार रु पाँच लाख जरिवाना तिर्न प्राधिकरणले कम्पनीलाई निर्देशन दिइसकेको छ ।
 
एनसेलले जिएसएम मोबाइल तथा इन्टरनेट–इमेलका लागि मात्र लाइसेन्स लिएको छ । एनसेलले गैरकानुनीरुपमा ‘बेष्ट क्वालिटी भ्वाइस सर्भिस ‘भिओआइपी’ प्रयोग गर्दै आएको पाइएको प्रवक्ता अर्यालले राससलाई जानकारी दिनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ