arrow

पिताको नाममा पोषण केसीले स्थापना गरे अक्षयकोष

logo
प्रकाशित २०७३ भदौ ११ शनिबार
posan-kc-kosh.jpeg
बाँके। नेपाल पत्रकार महासंघका सल्लाहकार तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले आफ्ना पिता गुरुप्रसाद खत्रीको स्मृतिमा नेपाल पत्रकार महासंघ बाँकेमा स्वास्थ्य पत्रकारिता पुरुस्कारका लागि एक लाखको अक्षयकोष घोषणा गरेका छन्। 
 
पत्रकार महासंघ बाँकेमा एक कार्यक्रमको आयोजना गरी केसी र उनका जेठा दाजु हिमलाल केसीसमेतको उपस्थितिमा सो घोषणा गरिएको हो। १९९० चैत्र २९ मा जन्मनु भएका पिता गुरुप्रसाद खत्री विगत दुई वर्षदेखि कानको क्यान्सरबाट पीडित थिए। सोही कारण २०७३ साउन २७ गते बाँके खासकुस्मा–९ लौकीस्थित आफ्नै निवासमा उनको निधन भएको थियो।
 
नेपाल पत्रकार महासंघ बाँके शाखा मार्फत स्वास्थ्य क्षेत्रमा कलम चलाउने १ जना सञ्चारकर्मीलाई पुरस्कृत गर्नको लागि पिता गुरुप्रसादको निधन भएको तिथीमा पुरस्कृत पत्रकारको नाम घोषणा गर्ने र अन्तराष्ट्रिय अर्बुद रोग बिरुद्धको दिवसका दिन बितरण गरिने गरी घोषित सो पुरस्कारको अक्षयकोषको व्यवस्थापन मिलाउनको लागि पत्रकार महासंघ बाँकेले आवश्यक प्रकृया अघि बढाउने छ।         
 
यसैगरी केसी आफैले अध्ययन गरेको बाँकेको कुसुममा रहेको कुश्मेश्वर उमाविमा खासकुस्मामा अध्ययन गर्ने एक जना गरिव तथा जेहन्दार विद्यार्थीका लागि गुरुप्रसाद स्मृति छात्रबृत्तिको लागि समेत थप एक लाखको अक्षय कोष घोषणा गरेका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ