arrow

भारत र वेष्ट इन्डिजबीच रोमाञ्चक टी–२०, भारत स्तब्ध

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
wi.jpeg
ब्रोवार्ड रिजनल पार्क । भारत र वेष्ट इन्डिजबीचको पहिलो टी–२० क्रिकेटमा वेष्ट इन्डिजले रोमाञ्चक एक रनको जित हासिल गरेको छ । शनिबार राति अमेरिकाको ब्रोवार्ड रिजनल पार्कमा भएको खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ६ विकेटको क्षतिमा २४५ रन बनायो ।
 
 
 
पहिलो विकेटका लागि १२६ रनको साझेदारी गर्ने क्रममा एभिन लेविसले ७६ बलमा १०० रन जोडे । जोन्सन चार्लस्ले ४२ बलमा ७९ रन बनाए । जवाफमा भारतले ४ विकेटको क्षतिमा २४४ रनमात्र बनाउन सक्यो । 
 
 
लोकेश राहुलले ८४ बलमा नटआउट ११० रन बनाए पनि टिमलाई जिताउन सकेनन् । रोहित शर्माले ५४ बलमा ६२ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले भने विकेट भएर पनि ४३ रन जोड्ने क्रममा ५३ बल खेलेका थिए ।
 
 
 
धोनीकै बढी बल सामनाले टिम पराजित भएको विश्लेषण गरिएको छ । दयाने ब्राभोले २ विकेट लिए । 
 
यो खेलमा दुवै इनिङमा गरेर बनेको ४ सय ८९ रन टी–२० को अहिलेसम्मकै बढी हो ।
 
त्यस्तै दुवै इनिङमा गरेर वेष्ट इन्डिजको २१ तथा भारतको ११ गरी ३२ छक्का पनि कीर्तिमान हो ।
 
त्यस्तै क्रिटिकल अवस्थामा दुवै टिमको सतक पनि दुर्लभ हो । 
 
जितसँगै वेष्ट इन्डिजले दुई खेलको श्रृंखलामा १÷० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार राति सोही मैदानमा हुनेछ । 
 
खेल नेपाली समयअनुसार राति ७.४५ मा सुरु हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ