arrow

प्रचण्डको सल्लाह, महानगरको १० करोड लगानी, साझाले दुई साताभित्र ३० बस ल्याउँदै

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
sajha-yatayat-buses-30.jpeg
काठमाडौँ । केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहालले साझा यातायातका कायम मुकायम निर्देशक महेन्द्रराज पाण्डेलाई सरकारी निवास बालुवाटारमा बोलाएर उपत्यकाको यात्रा सहज बनाउन भन्दै ३० वटा बस थप्न सल्लाह दिए । 
 
पाण्डे जुन सल्लाह महत्वपूर्ण भन्दै तत्काल कार्यान्वयन गर्ने बचनका साथ बालुवाटारबाट बाहिरिएका थिए ।  
 
नभन्दै काठमाडौँ महानगरपालिकाको दश करोड लगानीमा साझाले ३० वटा बस ल्याउन लागेको छ । ३० वटा बस दुई साताभित्र काठमाडौँ आइपुग्ने साझाले जनाएको छ । 
 
साझा यातायातका कामु निर्देशक महेन्द्रराज पाण्डेकाअनुसार ढिलोमा दसैँ अघि नै उपत्यकामा साझाका नयाँ बस गुड्ने छन् । साझाले हाल उपत्यकामा तीन रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ । 
 
पाण्डेले भने, ‘दुई हप्तामा बस काठमाडौँ आइपुगे पनि दर्ता प्रक्रिया, सिसी टिभी जडान, कर्मचारी भर्ना र रुट पमिट लिनुपर्ने हुँदा असोजको तेस्रो सातादेखि मात्रै यात्रुले नयाँ बस चढ्ने पाउनेछन् ।’ 
 
पाण्डेका अनुसार अब आउने नयाँ ३० वटा बस अहिले कायम रुटका साथै केहीलाई रत्नपार्क–भक्तपुर रुटमा गुडाउने तयारी छ । 
 
पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइकाबीच पनि यात्रुलाई गन्तव्य सम्म लगिरहेको र यो कार्यको सराहना गर्दै गत भदौ २ गते प्रधानमन्त्री पुष्प कमल दाहालले साझाको सेवा विविधिकरण गर्न र गुणस्तरीय बनाउन सुझाव दिएका थिए । 
 
काठमाडौँको ट्राफिकको बढ्दो चाप र यात्रुको बेहोर्नु परेको सास्तीलाई ध्यानमा राखी साझा बस थप्न लागिएको काठमाडौं महानगरपालिको भनाई छ । 
 
काठमाडौँ उपत्यकामा ठूलो आकारको बसको आवश्यकता महसुस गरी साझाको यो योजनामा दश करोड लगानी गरेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । महानगरले नै सहयोग गर्ने भएपछि साझाले बस ल्याउन विलम्ब नगर्ने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ