arrow

तिलकरत्ने दिल्सानको अन्तिम खेलमा अष्ट्रेलिया बिजयी

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
Dilsan_last_oneday.jpeg
काठमाडौं।श्रीलंका र अष्ट्रेलिया बिचको तेस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा अष्ट्रेलिया २ विकेटले बिजयी भएको छ। श्रीलंकाका प्रारम्भीक ब्याट्सम्यान तिलकरत्ने दिलसानको अन्तिम एकदिवसीय खेलमा अष्ट्रेलिया बिजयी भएको हो। 
 
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४९.२ ओभरमा सबै विकेट गुामउँदै २२६ रनमा समेटिएको थियो। श्रीलंकाकालागि दिनेश चण्डिमलले १०२ रन बनाइका थिए भने दिलसानले ४२ रनको योगदान दिएका थिए। अष्ट्रेलियाका एडम जाम्पाले ३ विेकट लिएका थिए। 
 
जवाफमा ब्ायटिङ गर्न ओर्लेको अष्ट्रेलियाले ४६ ओभरमा ८ विकेट गुामउँदै २२७ रन बानउँदै जित हात पारेको थियो। जर्ज बेलीले ७० बानउँदा विकेट किपर म्याथ्यु वेडले ४२ रनको योगदान दिएका थिए। यो जितसँगै अष्ट्रेलिया ५ खेलको श्रृखंलामा २-१ले अगाडी बढेको छ। 
 
भ्रमणकारी टोली अस्ट्रेलियासँगको एक दिवसीय अन्तर्गतको तेस्रो खेलमा ४२ रन बनाउँदै श्रीलंकाका तिलकरत्ने दिल्सान अन्तराष्ट्रिय क्रिकेटबाट बिदा भएका छन्। ६५ बल सामना गरेका दिल्सानले ४ चौंकाको मद्दतमा ४२ रनको योगदान गरे। त्यसैगरि अन्तिम एकदिवसीयमा बलिङ गर्दै ४ ओबरमा २४ रन खर्चेर कुनै विकेट लिन सकेनन्। 
 
बलियो सुरूवाती ब्याट्सम्यानमा आफुलाई स्थापित गरेको दिल्सानले अन्तराष्ट्रिय एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले भ्रमणकारी टोली अष्ट्रेलियाविरूद्द एक दिवसीय अन्तर्गत आइतबारको तेस्रो खेलपछि सन्यासको घोषणा गरेका हुन्।   
 
दिल्सानले सेप्टेम्बर ९ बाट अन्तराष्ट्रिय टी-२० बाट पनि सन्यासको घोषणा गरेका छन्। 
 
दिल्सानले अन्तराष्ट्रिय एक दिवसीय क्रिकेट अन्तर्गत सन् १९९९ मा जिम्बाबे विरूद्दको खेलमा डेब्यु गरेका हुन्। सुरूवातमा दिल्सान मध्य ब्याट्सम्यानको रूपमा क्रिजमा उत्रिन्थे। सन् २००७ मा दिल्सानले सनाथ जयसुरियासँग पहिलो पटक सुरूवाती ब्याट्सम्यानको रूपमा आफुलाई क्रिजमा उतारेका थिए। 
 
दिल्सानले हालसम्म ३२९ वटा अन्तराष्ट्रिय एक दिवसीय क्रिकेट खेलिसकेका छन्। जसमा उनले १० हजार २ सय ४८ रन बनाएका छन्। अन्तराष्ट्रिय एक दिवसीय क्रिकेट अन्तर्गत दिल्सानको खातामा २० वटा सतक छ भने विशाल स्कोर अन्तर्गत दिल्सानले नट आउट १६१ रनको पारी खेलेका छन्। 
 
ब्याटिङमा मात्र सिमित राख्न नचाहने दिल्सानले आफुलाई बलिङमा समेत अब्बल बनाउन चाहान्थे। बेलाबखत बलिङ गर्ने दिल्सानले अन्तराष्ट्रिय एक दिवसीय क्रिकेटमा हालसम्म १०६ विकेट समेत लिएका छन्।  
 
अन्तराष्ट्रिय एक दिवसीय क्रिकेट अन्तर्गत सर्बाधिक रन बनाउने श्रीलंकाका ब्याट्सम्यानहरूमा दिल्सान चौंथो नम्बरमा छन्। पहिलो नम्बरमा कुमार सांगाकारा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ