arrow

सेनाको प्रशंसामा रक्षामन्त्री, सेनासँग तस्विर खिचाउँदा यस्ता देखिए खाँण

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
balkrishna-khad-army-officers.jpeg
काठमाडौं। नेपाली सेनाले रक्षामन्त्री बालकृष्ण खाँडलाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच नेपाली सेनाको बारेमा जानकारी गराएको छ। रक्षा मन्त्रीमा नियुक्त खाँडलाई नियमित कार्यक्रम अन्तर्गत जंगी अड्डाले परिचयात्ममक कार्यक्रम गराएको हो। 
 
कार्यक्रममा प्रधान सेनापति राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै नवनियुक्त रक्षा मन्त्रीलाई बधाई ज्ञापन गरेका थिए। कार्यक्रममा सम्बन्धित विभागका रथीहरुबाट नेपाली सेनाको ईतिहास, विकासक्रम, जिम्मेवारी र आगामी कार्यदिशा एवं अपरेशनल गतिविधि सम्बन्धी प्रस्तुतिकरण गरिएको थियो। 
 
कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँडले आफ्नो मन्तव्य व्यक्त गर्दै नेपाली सेनाले आफ्नो स्थापना कालदेखि हालसम्म राष्ट्र सुरक्षामा पुर्‍याउँदै आएको योगदानको उच्च कदर गरे। साथै, नेपाल राष्ट्रको रक्षा गर्नु हामी सवैको जिम्मेवारी रहेको तथा नेपाली सेनाले नेपाल निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आईरहेको र नेपाली सेनाप्रति आफ्नो एवं सम्पूर्ण नेपालीहरुको उच्च सम्मान रहेको बताए। खाँडले राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, अखण्डता र नेपाली जनताको सुरक्षामा केन्द्रित रहेर काम गर्न निर्देशन दिदै नेपाली सेनाले सिमित साधन र श्रोतको बावजुत पनि राष्ट्र रक्षाको लागि गरेका कार्यहरुको उच्च मुल्यांकन गरे। 
 
कार्यक्रमको अन्त्यमा बलाधिकृत रथी बलदेव राज महतले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा रक्षा सचिव महेश प्रसाद दाहाल लगायत रक्षा मन्त्रालयका पदाधिकारी तथा नेपाली सेनाका रथीहरुको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ