arrow

धानबालीमा रोग फैलिँदा किसान चिन्तित

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
paddy-disease.jpeg
भीमदत्तनगर । कञ्चनपुरमा धानबाली रोपेको छोटो समयमै विभिन्न प्रकारका रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन् । 
 
यहाँ खेती गरिएको अधिकांश धानबालीमा गबारो र पात बेरुवा रोग देखिएको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ । 
 
माउ पुतली किराबाट लाग्ने रोगको सङ्क्रमण धानबालीमा फैलिँदै गएको छ । 
 
किसानले धानबालीमा पात सुक्न थालेका र बोटको बीचको भाग कुहिन थालेका पीडा जिल्ला कृषि विकास कार्यालयमा सुनाएका छन् । 
 
बागफाँटा, खैरभट्टी, वनकट्टी, ऐरी ओदालीका साथै जिल्लाको अन्नभण्डार मानिने दक्षिणी क्षेत्रमा समेत धानबालीमा रोग देखिएको छ । 
 
१० प्रतिशत धानबालीमा पात ओइलाउने समस्या देखिएको बताउँदै जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले सचेतना अपनाउन किसानलाई आग्रह समेत गरे । 
 
उनले धानमा देखिने किरा नष्ट गर्ने घरेलु उपाय अपनाउन सक्ने भए पनि त्यसो नगरिएका कारण पनि बढी प्रकोप देखिएको बताए ।
 
पुरानो बीउलाई नै निरन्तरता दिनुका साथै किसानले बीउको ख्याल नगर्दा यसप्रकारका रोग देखिएको उनको भनाइ छ । 
 
यस वर्ष जिल्लामा ४५ हजार हेक्टरभन्दा बढी खेतमा धानबाली लगाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ