arrow

दैलेख सदरमुकाम सी.सी क्यामेरा जडान

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७३ भदौ १३ सोमबार
dailekh-metro.jpeg
भाद्र। अपराध नियन्त्रण र ट्राफिक समस्या समाधानमा सहयोग पूग्ने उदेश्यले दैलेख सदरमुकामका चौक चौकमा सी.सी क्यामेरा जडान गरिएको छ। सदरमुकामका देवकोटा चौक, डेकेन्द्र चौक, गणेश चौक, एन.एम.वि चौक , लोकतान्त्रिक चौक र रानिमत्ता  प्रहरी चेक पोष्टमा सी.सी क्यामेराहरु जडान गरि दैलेखलाई सी.सी क्यामेराको निगरनिमा राखिएको हो। 
 
जिल्ला विकास समिति, नारायण नगरपालिका, उद्योगबाणिज्य संघ, लगायतको १४ लाख आर्थिक सहयोगमा सी.सी. क्यामेरा जडान गरिएको हो। दैलेख प्रहरीको पहलमा जडान गरिएको सी. सी. क्यामेराको उद्घाटन् गर्दै मध्य पश्चिमका प्रहरी प्रमुख डि.आइ.जि .माधवप्रसाद नेपालले,  दैलेखले आधुनिक प्रविधिमा एक कमद अगाडि फट्को मार्दै सभ्य नागरिकको पहिचान दिन सफल भएको भन्दै सी.सी. क्यामेराको निगरानिले अपराधमा कमि आउने र प्रहरीलाई अनुसन्धानमा ठुलो सहयोग पुग्ने विश्वास ब्यक्त गरे।
 
जिल्लामा पछिल्लो समय विभिन्न अपराधीक घटनाहरु वढ्न थालेपछि जिल्लाको सुरक्षा ब्यवस्थालाई चुस्तदुरुस्त राख्न र नागरिकलाई सुरक्षाको थप प्रत्याभुति दिनका लागि पनि सी.सी. क्यामरा प्रविधि महत्वपुर्ण रहेको बताए। साथै सदरमुकाममा सौर्य वत्ती समेत जडान गरिरहेको र सोहि सौर्य वत्तीका पोलहरुनै सी.सी. क्यामराको  लागि जडान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ