arrow

यमनमा आत्मघाती बम विष्फोट, कम्तिमा ४५ को मृत्यु

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
army--blast-yaman.jpeg
एजेन्सी । यमनको एक सैनिक इलाकामा आत्मघाती बम विष्फोट हुँदा कम्तीमा ४५ जनाको मृत्यु भएको छ। 
 
विष्फोटमा परी करिब ६० बढी घाइते भएको र घाइतेलाई उपचारको लागि अस्पताल लगिएको सो सैनिक इलाकाका प्रवक्तालाई उदृतगर्दै रोयटर्सले जनाएको छ। 
 
घाइतेहरू मध्ये केहीको अवस्था गम्भिर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ।
 
एएफपीसंग कुरा गर्दे मेडिकल स्रोतले मृतकको संख्या ६० जना हुनसक्ने भनेपनि त्यो अहिलेसम्म आधिकारिक पुष्टि हुन सकेको छैन ।
 
सोमबार भएको बम विष्फोटमा अलकायदाका विद्रोही वा इस्लामिक स्टेट आइएस मध्ये कसको हात छ भन्ने अझै यकिन भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ