arrow

पराजित हुने देखेपछि क्रान्तिकारीका अध्यक्षले मतपत्रमा हाले पानी

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
akhil-new-photo.jpg.jpeg
सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघका झक्कबहादुर शाही अध्यक्षमा विजय उन्मुख देखिएका छन्। संघका उम्मेदवार शाहीले ४६९ मत प्राप्त गरि अध्यक्ष पदमा निर्वाचित हुने लगभग देखिएको हो। उनका प्रत्यासी अखिल (क्रान्तिकारी)का राजेन्द्र बुढाले ४३६ मत ल्याएर दोस्रोमा छन्। अनेरास्ववीयुका प्रभात पोख्रेलले ३७३ मत ल्याएर तेस्रोमा छन्।
 
यसैगरी सचिवमा अनेरास्ववियूका भरतबहादुर शाहीले ५०२ मत ल्याएका छन् भने उनका प्रत्यासी नेविसंघका सन्तोषकुमार उपाध्यायले ४४५ र अखिल (क्रान्तिकारी)का रवि केसीले २८५ मत प्राप्त गरे। यसैगरी कोषाध्यक्षमा नेविसंघका शुसिल भट्टराइले ४५५ मत प्राप्त गर्दा उनका प्रत्यासी अनु आँकुराले ३७३ मत ल्याएका छन्। 
 
मप विश्व विद्यालय सुर्खेतको पहिलो स्वतन्त्र विद्यार्थी यूनियको निर्वाचनमा सदस्य पदमा निसान्त खत्री, दिपकराज विसी, हरिबहादुर थापा, वर्षा केसी, धिरेन्द्र हमाल, पुरुषोत्तम जैसी, विश्वराज भट्टराई विजय उन्मुख छन्।  
   
मप विश्व विद्यालयमा भएको पहिलो स्ववियू निर्वाचनमा ८ विद्यार्थी संगठनहरुले भाग लिएका थिए। मप विश्व विद्यायलको मतदाता संख्या एक हजार ६ सय ९३ मध्ये निर्वाचनमा एक हजार चार सय ८० मत खसेको थियो। प्रत्यक्ष निर्वाचनमा १० पदकालागि ६९ जनाको उम्मेदवारी परेको थियो। मिश्रित प्रणालीबाट भएको निर्वाचनमा प्रत्यक्ष तर्फ १० र समानुपातिक तर्फबाट ७ जना गरि १७ जना पदाधिकारी हुने निर्वाचन समितिले जनाएको छ। 
 
स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघ, नेक्राविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी यूनियन, अनेरास्ववियू(छैठौं), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाललगायतका विद्यार्थी संगठनहरले भाग लिएका थिए। 
 
निर्वाचनको अन्तिम मत परिणाम आफ्नो पक्षमा नहुने देखिएपछि अखिल क्रान्तिकारीका अध्यक्षका उम्मेदवार राजेन्द्र बुढाले मतपत्रमा पानी हालेपछि मत गणना कार्य केहि समयकालागि रोकिन गएको छ। मत पत्रमा धाँधली भएको भन्दै उनले मत पत्रमा पानी हालिदिएको केहि समयकालागि मत गणना कार्य रोकिएको निर्वाचन समितिले जनाएको हो। अहिले ५० मत गणना हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। विवाद भएकाले अन्तिम मत परिणाम आउन केहि समय लाग्ने बताइएको छ। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ