arrow

'नयाँ उद्योगलाई प्राथमिकता दिएमात्र देशको विकास'

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
nabindra-raj-Joshi-e1452343560144.jpeg
काठमाडौँ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नयाँ उद्योगलाई प्राथमिकता दिएमात्र मुलुकको विकास हुने बताएका छन्  । 
 
घरेलु तथा साना उद्योग विकासको अवलोकन गर्न  पुगेका मन्त्री जोशीले मुलुकको मागअनुसारको उद्योगलाई प्राथमिकता दिएमात्र बेरोजगार युवा विदेश पलायन हुनबाट रोकिने बताए । 
 
जोशीले भने , “परम्परागत उद्योगभन्दा अहिले मुलुकले खोजेको र छिट्टै आम्दानी हुने उद्योग सञ्चालन गर्नका लागि विभागले पहल गर्नुपर्छ ।” मन्त्री जोशीले विभागको संरचनालाई व्यवस्थित गरेर सकारात्मक सोचबाट अगाडि बढे सफलता हासिल गरिने बताए । “घरेलु तथा साना उद्योग विभागलाई ७५ वटै जिल्लामा लैजानु आवश्यक छ”– मन्त्री जोशीले भने । 
 
उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले मुलुकमा भएका स्रोत साधनको उपयोग गरेमात्र जीविकोपार्जनमा सहज हुने बताए । उनले गलत काम गर्नेलाई दण्डित र राम्रो काम गर्नेलाई मन्त्रालयको सहयोग रहने स्पष्ट पारे । 
 
विभागका महानिर्देशक नारायणप्रसाद विडारीले अहिले मुलुकभर दुई लाख ६५ हजार उद्योग रहे पनि दुई लाख तीन हजार उद्योगले मात्र नवीकरण गरेको बताए । उनले विभागले आगामी वर्ष १५ हजार युवालाई तालिम दिन विभाग लागिपरेको उल्लेख गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ