arrow

मन्त्री गगन थापालाई पत्रः देशमा निमुखाहरुले बाँच्ने वातावरण बनाइदिनुस

logo
दिनेश शिवाकोटी।
प्रकाशित २०७३ भदौ १३ सोमबार
gagan-sign-padbhar.jpeg
आदरणीय युबा नेता तथा स्वास्थ्य मन्त्री गगन थापा ज्यु मा नमस्कार अनि शुभकामना सफल कार्यकालको। १ हप्ता यता राज्यको ढुकुटी प्रयोग गरि स्वास्थ्य  परिक्षण गर्ने नाममा बिदेश शयर गर्न निस्किएका छन्। नेताजीहरु जसमा सबै भन्दा राष्ट्रवादी नेता भनि कहलिएका केपी ओली र ठुलो दलका सभापती तथा संसदीय दलका नेता शेर बहादुर देउवाज्यू पनि स्वास्थ्य परिक्षणका लागि विदेशमै छन्। पुर्व राष्ट्रपतिज्युलाई क्यान्सर भएछ उनी पनि आर्थिक सहायता माग्दै छन्। 
 
एकातिर विशिष्टहरु उपचारका लागि विदेश शयरमा छन् भने अर्कातिर देशमा सर्वसाधारण उपचारका लागि भौतारिइरहेका छन्। ब्लड क्यान्सरबाट पिडित युनेश पौडेल जस्ता अनेकौ विरामी भरतपुर क्यान्सर अस्पताल लगायत देशका अन्य अस्पतालमा उपचाररत छन। प्रश्न उठ्छ नेताजीहरु स्वास्थ परिक्षणको लागि बिदेश जाने र सम्पुर्ण खर्च राज्यले बेहोर्नुपर्ने तर आम सर्वसाधारणका सन्तान भने बाँच्नका लागि बेचुनिपुर्ने। उनका अभिभावकले आफ्नो सम्पूर्ण कमाइले पनि नधानेपछि घरखेत बेच्नुपर्ने! 
 
खबरदार २०६२/०६३ को परिवर्तन के का लागि थियो ? यसरी नै ब्रम्हलुट गर्ने छुट दिनको लागि हो र ? अब नेपाली जनताले तपाहरुलाई कु गर्नु नपरोस। गलत निर्णय गर्ने अधिकार कसैलाइ छैन्। 
 
ब्लड क्यान्सरबाट ग्रसित एक १९ वर्षीय युवकले आफ्नो जीवन रक्षाका लागि सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीसँग याचना गरिरहेका छन्। ६ महिनादेखि भरतपुरको बिपी कोइराला मेमेरियल क्यान्सर अस्पतालमा उपचाररत बारा गढीमाइ घर भएका युनेश पौडेललाई ब्लड क्यान्सर भएपछि उनी पिडित बनेका छन्। तर, आर्थिक स्थिति अत्यन्तै कमजोर भएका कारण उनको उपचारका लागि आवश्यक रकम जुटाउन सकेका छैनन्।
 
उपचारका लागि केही समय लाग्ने तथा सो उपचारका लागि आवश्यक रकम पनि नभएका कारण उनले देश विदेशमा बस्ने नेपाली र संघ, संस्थासामू सहयोगको हात फैलाएका छन्।
 
उनलाई आफूलाई सहयोग गर्न चाहनेले एभरेष्ट बैंकमा रहेको खाता नम्बर ००७००५०१००४२३४ मा उनको आमाको नाममा जम्मा गरिदिन सक्ने बताएका छन्। थप जानकारी लिनुपरे ९८१०२६३८३८ वा ९८२९२९६२८२  मा सम्पर्क गर्नहुन अनुरोध गरेका छन्। 
 
बाँच्ने चाहना ठूलाबडालाई पनि छ निमुखालाई पनि छ। तर ठूलावडा कसरी बाँच्न खोजिरहेछन र निमुखा कसरी बाँचिरहेछन माननीय स्वास्थ्य मन्त्रीले गम्भिर भएर हेर्नुहोला। देशमा निमुखाहरुले बाँच्ने वातावरण बनाइदिनुस। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ