arrow

भारतमा हुने कराते च्याम्पियनसिपका लागि छनोट प्रतियोगिता हुने

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
karate-new.jpg.jpeg
काठमाडौं । मित्र राष्ट्र भारतको नयाँ दिल्लीमा २०७३ अशोज ६ देखि १० गते सम्म आयोजना हुने तेश्रो दक्षिण एशियाली कराते च्याम्पियनसिपमा सहभागिताको लागि कराते खेलाडीको छनोट हुने भएको छ ।
 
राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्त बहादुर गुरुङ्गको संयोजकत्वमा मिति २०७३–०५–१७ गते हुने छनोट प्रतियोगितामा सिनियर १८ वर्ष माथिको कुमुते महिलामा ४५, ५०, ५५, ६१, ६८ मुनी र ६८ केजी माथी गरि ६ तौल समूह तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ केजी मुनी र ८४ केजी माथी ७ तौल समूह एवं महिला–पुरुष व्यक्तिगत र टिम कातामा प्रतिस्पर्धा गराईने छ ।
 
त्यस्तै जुनियरको १६–१७ बर्षको महिला तर्फ ४०, ४८, ५३, ५९ केजी मुनी र ५९ केजी माथी गरि ५ तौल समूह र पुरुष तर्फ ५०, ५५, ६१, ६८, ७६ केजी मुनी र ७६ केजी माथी गरि ६ तौल समूहमा एवं महिला÷पुरुष व्यक्तिगत कातामा प्रतिस्पर्धा हुनेछ ।
 
प्रतियोगितामा क्याडेट १४–१५ बर्षको महिला तर्फ ४०, ४७, ५४ केजी मुनि र ५४ केजी माथी ४ तौल समूह, पुरुष तर्फ ४५, ५२, ५७, ६३, ७० केजी मुनी र ७० केजी माथी गरि ६ तौल समूह तथा महिला–पुरुष ब्यक्तिगत काता र महिला÷पुरुषको जुनियर १४ देखि १७ बर्षको टिम कातामा प्रतिस्पर्धा गराईने आयोजकले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ