arrow

प्रशासन तात्यो बजार अनुगमनमा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ भदौ १३ सोमबार
syanja.jpeg
स्याङ्जा। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बजार अनुगमनको थालनी सुरु गरेको छ । इलाका प्रशासन कार्यालय वालिङले वालिङ् बजारमा रहेका खाद्यन्न पसलहरुको अनुगमन गरेर सुरु गरेको हो । 
 
अनुगमनबाट अधिकांश पसलहरुमा मुल्य सूची नराखिएको फेला पारेको छ । पहिलो पटक व्यवसायीलाई सुझाव दिएका छौं इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले भने,“ अव हुने अनुगमनबाट त्यस्ता व्यवसायीलाई कडारुपले निगरानी राख्ने छौं ।” अनुगमनलाई निरन्तरता दिने समेत शर्माले बताए । व्यापारीहरुले नीतिगत रुपमा विक्रि वितरण गर्न पहिलो पटक सुझाएका हौं अनुगमन पछि शर्माले भने,“प्रशासनको सुझावलाई अटेर गरेमा कानुन बमोजिम कारवार्हि गर्न पनि पछाडी हट्दैनौ ।” यसमा व्यावसायीहरु पनि प्रशासनलाई सहयोग गर्नुपर्छ शर्माले थपे । 
 
इलाका प्रशासन, वालिङ नगरपालिका, वडा प्रहरी कार्यालय, वालिङ उद्योग वाणिज्य संघ र स्थानीय पत्रकारहरु सहितको टोलीले वालिङका केही दैनिक उपभोग्य सामग्री विक्रि गर्ने किराना पशलहरु अनुगमन गरिएको थियो । अनुगमनका क्रममा पसलै पिच्छे खाद्यन्न सामाग्रीहरुको मुल्य फरक, पसलहरु दर्ता नभएका, पसलको नाम सहितको वोर्ड नराखिएको, म्याद गुज्रिएका सामाग्रीहरु देखाइएर राखिएको, विक्रि गर्न नपाई सामाग्रीहरु विक्रिका लागि राखिएको लगायत फेला परेको थियो । व्यवसायीलाई सुझाव दिनकै लागि अनुगमन गरिएकाले अनुगमनमा परेका पसलहरु सम्झाई बुझाई गरिनुका साथै सुधानुपर्ने विषयहरु टिपोट गरी बुझाइएको नगरपालिकाका नायव सुव्वा पदमप्रसाद पाण्डेले बताए ।
 
चाडवार्ड नजिकिदै गर्दा प्रशासनीक निकाय अनुगमनमा निस्कने गर्छ । यसको निरन्तरता दिन नसक्दा उपभोक्ताहरु मर्कामा परेको गुनासो आइरहन्छ । महङ्गीले बजार चरम उत्सर्गमा पुगेको छ । सबै विषयलाई अनुगमन गर्ने निकाय नै मौन बसिदिदा कालो बजारी गर्ने व्यापारीहरुका कारण दिनहुँ उपभोक्ता ठगिनेक्रम बढेको छ । 
 
यसलाई निरुत्साही पार्न पनि नियमन निकायले मौसमी बजार अनुगमन भन्दा पनि बेला बेलामा अनुगमन गर्दा प्रभावकारी हुने उपभोक्ताहरु बताउछन् । यता व्यापारीहरुले पनि बेला बेलामा अनुगमन गरिदिन नियमन निकायलाई आग्रह गरेका छन् । जिल्लाका ठुला व्यापारीक केन्द्रका रुपमा रहेका पुतलीबजार, वालिङ र गल्याङमा प्रशासनले बेला बेलामा अनुगमन गर्ने हो भने ग्रामिण क्षेत्रका नागरिकले म्याद गुज्रेका खाद्यन्न सामाग्रीहरु उपभोग गर्न नपर्ने उपभोक्ताहरुको सुझाव छ । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ