arrow

' मेरो जति काम शेरबहादुरले पनि गरेका छैनन्, दिपायल एयरपोर्टको कालोपत्रे पक्का '

सडकको डेण्डर हुँदै

logo
चन्द्र धामी,
प्रकाशित २०७३ भदौ १३ सोमबार
doti--bimansthal.jpg.jpeg
काठमाडौं । माओवादी सशस्त्र द्वन्द्वका समयमा उडान बन्द भएको डोटीस्थित दिपायल विमानस्थल ‘एयरपोर्ट’ अब कालोपत्रे हुने पक्का भएको छ । यो डोटेली वासीका लागि मात्रै खुसीको कुरा होइन । अबको प्रदेश नम्बर ७ अर्थात् अहिलेको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रकै लागि गौरवको विषय हुन सक्छ । कारण क्षेत्रीय सदरमुकाममै रहेर पनि गौचरनमा परिणत भएको एयरपोर्ट पहिलो पटक कालोपत्रे हुँदैछ । 
 
गएको जेठ २१ गते विमानस्थल रहेको डोटी जिल्ला र सुदूरका अन्य पहाडी जिल्लामा फेरि पनि विमानस्थल कालोपत्रे नहुने शंकाकाबीच चर्काचर्की भएकै समयमा हाम्राकुराले ‘चर्काचर्की नगर्नुस् डोटी विमानस्थल कालोपत्रे हुन्छ’ शीर्षकको समाचार प्रकाशन गरेको थियो । सोही समाचारमा १५ दिन भित्र कालोपत्रेका लागि टेण्डर हुने प्रसंग उल्लेख थियो । उक्त टेण्डरबारे हाल सम्म जानकारी नआएको भन्दै फेरि जिल्ला वा क्षेत्रमा चर्चा परिचर्चा सुरु भएको छ । 
 
विमानस्थलको टेण्डर प्रक्रियाबारे नजर राखिरहेकै समयमा फेरि काम नहुने शंका छाएको खबर सुन्नासाथ हामीले सरोकारवालालाई सोध्यौं, –के हो १५ दिनको टेण्डर कति महिना लगाउनु भो ? जवाफमा नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले भने, ‘टेण्डर भइसक्यो । यो वर्ष काम हुन्छ । अहिले टेण्डर इभाइलुशन हुँदै छ । यो हप्ताभित्र आशयपत्र आह्वान हुन्छ ।’ तपाइहरुलाई पूर्ण विवरण आवश्यक परे फेरि सम्झिनु होला । 
 
महानिर्देशक गौतमसंगको कुराकानीपछि कालोपत्रेको चाँजोबाँजो मिलाउने एमाले सांसद प्रेम आलेलाई फेरि पनि सोध्नै पर्ने भो । हामीले आलेलाई सोध्यौं, –विमानस्थल कालोपत्रे यसै वर्ष हुन्छ भन्नेर तपाइहरुको भनाई कसरी पत्याउने ? जवाफमा आलेले भने, ‘हेर्नुस् चन्द्र जी । टेण्डर भएर पनि स्वीकृत भइसकेको छ । ८ करोडको टेण्डर आह्वान भएकामा ‘सपना गाल्वा ज्वाइन्ट भेन्चर’ले २९ प्रतिशत घटिघटाउमा ५ करोड ८२ लाखमा ठेक्का लिएको छ । जसमा गुणस्तरीय काम गर्ने सम्झौता भएको छ ।’
 
महानिर्देशक गौतम र आलेको भनाई बाँझिएपछि हामीले फेरि सोध्नै पर्ने भो, तपाई टेण्डर स्वीकृत भइसकेको भन्दै हुनुहुन्छ । महानिर्देशकले इभाइलुशन हुँदैछ, आशयपत्र आह्वान हुन बाँकी छ भन्नु हुन्छ, कुरो बुझिएन नी ? उनले भने, ‘हैन टेण्डर नभई मैले यी सबै विवरण कसरी भन्न सक्छु । टेण्डर स्वीकृत भइसकेकैले मैले यी कुरा तपाईलाई भन्दै छु ।’ 
 
के–के कालोपत्रे हुन्छ ? 
आलेका अनुसार ठेकेदारसंग धावनमार्ग, विमान पार्कीङ र ट्याक्सी राख्ने ठाउँका लागि एकै पटक कालोपत्रे गर्ने सम्झौता भएको छ । १५ महिना भित्र काम सक्ने  सम्झौता छ, आलेले भने, ‘इन्जिनियर बासुदेव रेग्मीले तयार पारेको ड्राफ्टमा ४८० मिटर लम्बाई र २० मिटर चौडाईको रनवे (धावनमार्ग) बन्ने छ । यस्तै, ५०/३० मिटरको को विमान पार्कीङ र ट्याक्सीका लागि २०/२० मिटरको छुट्टै पार्कीङ बन्ने छ ।’ यसअघिको ढाई करोड र यस वर्षको ५ करोड मिलाएर ठेक्का भएको हो । 
 
उडान बन्द भएपछि ३ पटक मात्र विमान देख्न पाइयो
द्वन्द्वकालबाटै उडान बन्द भएको विमानस्थल गौचरनमा परिणत भएपछि पनि ३ वटा विमान अवतरण भएका छन् । एमाले सांसद आलेले आफुले दुई पटक तारा एयरका विमान अवतरण गराएको बताए । 
 
उनले क्षेत्रीय महोत्सवमा उद्योगमन्त्री शोमप्रसाद पाण्डेलाई तारा एयरको प्लेन चार्टर गरेर दिपायल एरपोर्टमा झारे । त्यसपछि पनि जिल्ला परिषद्को उद्घाटनका क्रममा आलेले तारा एयरकै टुइनअर्टर सोही विमानस्थलमा ल्याण्ड गराएको सुनाए । त्यसअघि, माओवादी सरकारका पर्यटन मन्त्री लोकेन्द्र बहादुर विष्ट मगर जहाज चढेर महत्सव उद्घाटन गर्न पुगेका थिए ।  
 
मेरो जति काम शेरबहादुर देउवाले गरेको छैन
डोटी क्षेत्र नम्बर २ बाट निर्वाचित एमाले सांसद प्रेम आलेले आफुले जति काम कांग्रेस सभापति शेरबहादुर देउवाले पनि नगरेको सुनाएका छन् । 
 
उनले भने, ‘एयरपोर्टको काम मात्रै होइन । द्रुत मार्ग भनिएकाको सहजपूर वीपिनगर बोगटान–दिपायल सडकका लागि अर्थ मन्त्रालयले दिएको स्वीकृति अुसार ४० करोडको टेण्डर भदौ महिनाभित्रै हुन्छ ।’ यस्तै, समूहगाड मान्नाकापडी सडकका लागि १० करोड ठेक्का प्रक्रियामा छ  । वीपीनगर विद्युत सव स्टेशनको प्राविधिक जाँच गरी सबै तयारी पूरा भएको उनले सुनाए । 
 
यस्तै, आलेले बुडर–जोरायल सडक खण्डका लागि पनि पहिलो चौमासिकमै टेण्डर हुने सुनाए । त्यति मात्र नभई उनले सुपका विभिन्न स्थानमा पुल निर्माण र खानेपानी आयोजनाको सर्भे भइरहेको र प्राविधिहरु अहिले पनि काममै रहेको बताए । 
 
सडकका विषयमा उनले भनेको कुरा कति सत्य ? हामीले सडक विभागका डीई सुशील ढकाललाई पनि सोध्यौं । उनले भने, ‘अर्थ मन्त्रालयले सहजपूर वीपिनगर बोगटान–दिपायल सडकमा अर्थ मन्त्रालयले सबै प्रक्रिया पूरा गरेपछि मात्रै टेण्डर गर्नु भनेकाले यो पहिलो चौमासिकभित्रै टेण्डर हुँदैछ । एक दुई ठाउँको विस्तृत अध्ययन सर्भे पास नभएकाले ढिलो भएको छ । ड्राफ्ट प्राप्त भइसक्यो । टेण्डर प्रक्रियामा जाने कुरा लगभग पूरा हुँदैछ ।’
 
यी सम्वादहरुलाई मात्रै पनि आधार मान्ने हो भने अहिले प्रदेश नम्बर ७ का विभिन्न स्थानमा पूर्वाधार निर्माण लागि प्रसस्त बजेट गएको छ । तर, त्यसको सदुपयोगबारे निरन्तर खबरदारी गर्नु आवश्यक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ