arrow

एन्फा चुनावः पार्टीकै कार्यकर्ताबीच घम्साघम्सी

logo
बाबु नेपाली
प्रकाशित २०७३ भदौ १४ मंगलबार
anfa.jpeg
काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फामा अध्यक्षका लागि आगामी कार्तिक ८ गते चुनाव हुँदैछ । यसका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । अन्तिम भिडन्तमा कति जना हुने हुन् त्यो समयले देखाउने छ। तर अहिलेसम्म चार जना मैदानमा उत्रने संकेत मिलेको छ ।
 
अहिलेसम्म फुटबल संघ सम्हाल्न खोज्नेमा हालका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, हालका उपाध्यक्ष कर्माछिरिङ शेर्पा, मनाङ मस्र्याङदी क्लवका संस्थापक एवं पूर्व अध्यक्ष टासी घले एवं नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको उम्मेदवारी पर्ने देखिएको छ। श्रेष्ठ र शेर्पाले यसअघि नै विभिन्न कार्यक्रममा दावेदारी दिइसकेका छन्। घलेले पनि भदौ १३ गते अध्यक्षको आकांक्षी भएको स्पष्ट पारेका छन्। शर्मा भने अहिलेसम्म बोलेको अवस्था छैन । 
 
के हुन सक्छ ? 
 
२० वर्षसम्म फुटबलमा राज गरेका गणेश थापा फिफाले कार्वाही गरेपछि बाहिर थन्किनु परेको छ। उनलाई १० वर्षसम्म फुटबलका कुनै पनि गतिविधिमा सहभागी हुन प्रतिवन्ध लागेको छ। तर थापालाई आफ्ना मान्छे ल्याउन सकेको खण्डमा पहिलेदेखि चाल्दै आएको रवाफलाई कायमै राख्न सक्ने लागेको छ। त्यतिमात्र होइन उनलाई सघाउने थुप्रै आकांक्षीलाई पनि उनले व्यवस्थापन गर्नुछ।  यसका लागि उनले कार्यसमितिमा नभए पनि नरेन्द्र श्रेष्ठलाई हिम्मत गरेर कार्यबाहक अध्यक्ष बनाएका थिए। अहिले श्रेष्ठ पनि अध्यक्षका आकांक्षी बनेका छन् । उनी भित्रभित्र आफ्नो तयारी भएको बताउँछन्। विज्ञानराज शर्मा कसरी उम्मेदवार होलान् त भन्ने चाँसो पनि छ । त्यस्तै घलेले दिएको उम्मेदवारी दिगो नहुने बताइन्छ ।  
 
विभागीय पनि चुनावमा ? 
 
यसअघिको एन्फाको अभ्यासमा विभागीय टोलीबाट कसैले पनि चुनावमा भाग लिएको इतिहास छैन। विभागीय टोलीहरु त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ र नेपाल प्रहरीबाट अहिलेसम्म चुनावमा उठ्नु त परै जावस् चुनावी साधारणसभामासमेत भाग लिएक छैनन्। सरकारी कर्मचारीका रुपमा रहेकाले पनि एन्फामा सहभागीता उनीहरुका लागि कानुनसम्मत नहुने बताइएको छ। यसैले पनि शर्मा बहालवाला भइरहँदा एन्फामा जान मिल्ने नमिल्ने अन्यौल छ। तर शर्माले कुनै फड्को मारे त्यसलाई अन्यथा नठाने हुन्छ। 
 
दलका पो उम्मेदवार ? 
अहिलेका एन्फाका आकांक्षी दलीय सिफारिसबाट हुने सम्भावना बढी भएको छ। को कसका दलका भनेर पहिचान हुँदा एमाले निकटका दुई जना परेका छन्। टासी घले एमालेका तर्फबाट उम्मेदवार बन्दैछन्  टासीलाई पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको साथ छ। नरेन्द्र श्रेष्ठलाई पनि एमालेकै सहयोग रहेको बताइन्छ। एन्फाका महासचिव धिरेन्द्र प्रधान, राजेन्द्र न्यौपाने लगायतको टिमले श्रेष्ठलाई अगाडि सार्न खोजिरहेको छ। यसरी अगाडि सार्न खोज्नुहरुको पृष्ठभूमि एमाले हो। यद्यपी ललितपुरका श्रेष्ठको पृष्ठभुमि काँग्रेस भएको बताइन्छ। राप्रपा नेपालकै सांसद एवं एन्फाका निलम्बित अध्यक्ष गणेश थापा विज्ञानको पक्षमा रहेको बताइन्छ। 
 
त्यसैगरी कर्माछिरिङ शेर्पा नेपाली काँग्रेस पृष्ठभूमिका हुन् । दुई वर्षअघिदेखि एन्फामा पारदर्शी, विधानत चल्नुपर्ने र भ्रष्टाचार भएको भन्दै आन्दोलनमा उत्रिएका अन्य दुई एन्फाका विजयनारायण मानन्धर र किशोरकुमार राई पनि काँग्रेसी नै हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीसमेत भएको अवस्थामा उनको प्रतिनिधि पनि कोही हुन सक्ने अनुमान गरिएको छ । 
 
अन्त्यमा के हुन सक्छ ? 
जतिसुकै दलीय इच्छा भए पनि एन्फाको अध्यक्षमा उम्मेदवार हुने दुई जना नै हुन् । स्रोत भन्छ ‘तीन आकांक्षीमध्येबाट एकजना र कर्माछिरिङ शेर्पाबीच भिडन्त हुन्छ ।’ अध्यक्षका लागि उम्मेदवारी दिन ५ जना प्रस्तावक तथा ५ जना समर्थक चाहिने व्यवस्था छ। यो कठिन प्रावधानले पनि कम्तीमा कार्यसमितिमै भएको मान्छे नै उठोस् भन्ने चाहना हुनसक्छ । 
 
के भन्छन् कर्माछिरिङ
‘दुई वर्षदेखि निरन्तर फुटबललाई भ्रष्टाचार मुक्त बनाउन लागिरहेको छु । फिफालाई अनुरोध गरेर मनाउन नसकेको भए अहिलेसम्म पनि गणेश थापामाथि कार्वाही हुने थिएन होला। अब फुटबल लाइनमा आउँछ भन्ने आशा छ। आफ्ना एजेन्डालाई स्थापित गर्नका लागि पनि चुनाव लड्नु जरुरी छ । त्यो तहसम्म नपुगी आफ्ना एजेन्डा सम्भव हुँदैनन् । तसर्थ नेपाली फुटबललाई विश्वकै दाँजोमा पुर्या‍उन पनि मेरो दावेदारी महत्वपूर्ण छ ।’ 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ