arrow

मेसी राष्ट्रिय टोलीमा फर्किए

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
mesi-soccor-football.jpeg
एजेन्सी। सन्यासको घोषणा फिर्ता लिएसँगै बर्सिलोना स्ट्राइकर लियोनल मेसी राष्ट्रिय टोलीमा फर्किएका छन्। 
 
मेसीले कोपा अमेरिका कप अन्तर्गत फाइनल खेलमा चिलीसँग पराजित भएपछि आफुले राष्ट्रिय टोलीबाट सन्यास लिएको घोषणा गरेका थिए। सो फाइनल खेलमा मेसी पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए। 
 
मेस्सीको सन्यासको घोषणा राम्रो कदम नभएको भन्दै चौतर्फी आलोचना भएपछि उनले आफ्नो सन्यास फिर्ता लिएका थिए।
 
मेसी अर्जेटिना फर्किने भएपनि उनी राष्ट्रिय टिमको प्रशिक्षण क्याम्पमा छैनन्। चोटका कारण मेसी प्रशिक्षण क्याम्पमा छैनन्। यद्दपी उनी आगामी शुक्रबार उरूग्वे विरूद्ध हुने खेलमा भने हुनेछन्। 
 
अर्जेन्टिनाले विश्वकप छनौट खेल अन्तर्गत आउँदो शुक्रबार उरूग्वे र भदौं २२ मा भनेजुएलासँग खेल्ने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ