arrow

चिनियाँ दुतावासमा विस्फोट, कम्तिमा १ जनाको मृत्यु

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
kyrgyzstan.png
एजेन्सी।किर्किस्तानको राजधानी बिस्केकस्थित चिनियाँ दुतावासको गेटमा कार विस्फोट हुँदा कम्तिमा एक जनाको मृत्यु भएको एक अधिकारिलाई उद्रित गर्दे बिबिसीले जनाएको छ।  विस्फोटमा ३ जना घाइते भएका छन्। घटनापछि चिनियाँ र अमेरिकी दुतावासका कामदारहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
 
विस्फोटमा दुतावासको कर्मचारी भने कोही पनि घाइते नभएको दुतावासका सुरक्षा प्रमुखले जनाएका छन्। विस्फोटमा मृत्यु हुनेमा कारका चालक रहेको स्थानियले जनाएका छन्। कार दुतावासको गेटमा ठोक्किएर राजदुत निवास निजिकै दुतावास परिसरको बीचमा विस्फोट भएको थियो। घटनाको किर्किस्तानका सुरक्षा अधिकारिहरूले छानबिन गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ