arrow

नाडाको ‘११ औँ अटो सो’ सुरु

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
nada.jpeg
काठमाडौँ। नेपालभर सबै ब्रान्डका मोटरगाडी उपलब्ध गराउने उद्देश्यले अटोमोबाइल्स एसोसियसन अफ नेपाल(नाडा)को ‘११ औँ अटो सो’ मंगलवारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । 
 
उक्त प्रदर्शनीको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे । प्रदर्शनीमा ७४ कम्पनीका एकसय २५ कक्ष राखिएका छन् । बर्सेनि आयोजना गर्दै आइरहेको मेलाको उद्देश्य यस क्षेत्रको समग्र विकास र प्रवद्र्धनमा टेवा पुर्‍याउनु रहेको नाडाका अध्यक्ष अन्जन श्रेष्ठले बताए ।
 
प्रदर्शनीका संयोजक तथा सिप्रदी ट्रेडिङ् प्रालिका कार्यकारी अधिकृत शम्भु दाहालले प्रदर्शनीस्थल अपुग भएकाले सबै व्यवसायीलाई समेट्न नसकेको बताए । छ दिनसम्म चल्ने उक्त प्रदर्शनीको ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ