arrow

अस्थायी शिक्षकको माग पुरा हुनुपर्नेमा सरोकारवालाहरुको जोड

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
teachers-temp.jpeg
काठमाण्डौ। नेपाली काँग्रेसका नेता एवम् सांसद रामकृष्ण यादवले अस्थायी शिक्षकका माँगहरू सम्बोधन हुनुपर्ने बताएका छन्।
 
मंगलबार रिपोटर्स क्लब नेपालले अस्थायी शिक्षकको समस्या र समाधानको उपायहरुबारे आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद यादवले अस्थायी शिक्षकका मागहरूको बारेमा नेपाली काँग्रेसभित्र पनि गम्भिर छलफल गर्ने बताएका छन्।
 
उनले अघि थपे,‘राज्यमा अनेक परिवर्तन भएपनि अस्थायी शिक्षकको स्थिति ज्यँुकातिउँ छन्, यसलाई सुधार गर्नुपर्छ, हाम्रो पार्टीले पहल गर्छ।’
 
साक्षात्कारमा बोल्दै यादवले अस्थायी शिक्षकहरु यतिवेला मारमा परेको उल्ल्लेख गरे । उनले भने,‘राज्यले तत्काल वार्ता र सम्वादमार्फत उहाँहरुका जायज मागहरु पहिचान गरेर तत्काल सम्बधोन गर्नेगरि कदम चाल्नुपर्छ, म यसको लागि विशेष पहल गर्छु।’
 
अखिल नेपाल शिक्षक संघका अध्यक्ष लाल बहादुर विसिले अस्थायि शिक्षकका बारेमा आफू र आफ्नो संगठन गम्भिर रहको बताउदै अस्थायि शिक्षकलाई आन्तरिक प्रतिष्पर्धाको माध्यमबाट स्थायी गर्नुपर्ने बताएका छन् । 
 
नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष बाबुराम थापाले सरकारसँग गरेका सम्झौता केवल हस्ताक्षर गर्ने कुरा मात्र होईन व्यबहारमा कार्यन्वयन गर्नु पर्ने विषय भएको बताउँदै सम्झौताहरु यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने माग गरे । 
 
कार्यक्रममा पत्रकार धमालाले अस्थायी शिक्षकका मागहरूका सम्बन्धमा पत्रकारहरूले पनि निरन्तर रुपमा कलम चलाउनुपर्ने बताएका छन् । 
 
दोस्रो जनआन्दोलन सफल हुनुका पछाडि पत्रकारहरूको ठुला देन रहको उल्लेख गर्दै धमलाले भने “तमाम अस्थायी शिक्षकले पढाएको मान्छे आज नेता भएको छ, मन्त्री भएको छ र आज यीनै मन्त्रीलाई हाम्रो माग पुरा गरिदिनु पर्यो भनेर माग पेस गर्नुपर्ने स्थीति दुःखद हो, शिक्षकको बलिदानीले देशले कोल्टे फेरेको बिर्सिनु हुँदैन ।” 
 
अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष निरेन्द्र कुँवरले कम्तिमा पनि ६ वर्ष अस्थायी सेवा गरेका अस्थायी शिक्षक भएको कारणले सम्पूर्ण अस्थायी, लियन, परियोजना र सट्टा शिक्षकवीच प्रतियोगिता गरी स्थायी गरिनुपर्ने माग गरे । 
 
कुँवरले अघि भने,‘यो प्रतियोगिताबाट स्थायी हुन नसकेका शिक्षकहरुलाई २०६१ सालको प्रतिवेदन अनुसार उपदान र औषधि उपचार खर्च बराबरको रकम दिईयोस् ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ