arrow

कतार एयेरवेजको ट्राभल फेस्टिवल सुरू, बार्सिलोनाको खेल हेर्न पाउने देखि विश्व घुम्ने अवसर

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
Qtar-yearyes-new.jpeg
काठमाडौं ।  यात्रुहरूले विभिन्न प्रेरणात्मक ठाउँहरू घुम्ने र अन्य थुप्रै आकर्षक उपहारहरू जित्ने अवसर पाउँन् भन्ने उद्देश्यका साथ कतार एयरवेजको चर्चित ट्राभल फेस्टिवल सुरू भएको छ । सोमबारबाट सुरू भएको फेस्टिवल सेप्टेम्बर ५ सम्म चल्ने छ । 
 
फेस्टिवल अवधिभर यात्रुहरूले विभिन्न सुविधाका साथ सुलभ मूल्यमा विश्वका आकर्षक गन्तव्यहरू घुम्न सक्दछन् । स्किम अन्तर्गत यात्रुले २ वटा टिकट खरिदमा एउटा टिकट फ्रि पाउँने छ । साथै ४० प्रतिशत सम्म छुट पाउँन सक्छन् । 
 
फेस्टिवलमा ‘बुक मोर सेभ मोर’ स्किम पनि उपलब्ध छ र यी सबै स्किमहरू यात्रुले १५ सेप्टेम्बार २०१६ देखि ३० जुन २०१७ सम्म उपभोग गर्न सक्दछन् । 
 
८ दिन चल्ने फेस्टिवल इभन्टमा ६ सय बढी आकर्षक उपहारहरू पनि छन् । उपहारमा बार्सिलोनाको खेल हेर्न पाउँने देखि  बिजिनेस क्लास टिकटमा विश्व भ्रमण गर्न पाउँने सम्मको अवसर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ