arrow

नाडा मार्फत सुजुकीको भिटारा ब्रेजा सार्वजनिक

स्टल मार्फत लिमिटेड अप्सनको बुकिङ

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
suzuki-vitara-red.png
काठमाडौं। सीजी नेक्स्ट जेनले नेपाली बजारमा स्पोर्टिएस्ट एसयूभीका रुपमा अत्यधिक चर्चामा रहेको सुजुकी भिटारा ब्रेजा सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटी मण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना भइरहेको नाडा अटो शो–२०१६ मार्फत कम्पनीले भिटार ब्रेजा सार्वजनिक गरेको हो। 
 
नाडा मार्फत सार्वजनिक गरिएको नयाँ भिटारा ब्रेजालाई कम्पनीले ६ भिन्न भ्यारिण्ट उपलब्ध गराएको छ। कम्पनीले नाडा अवधिभर ब्रेजाको लिमिटेड अप्सनपनि उपलब्ध गराएको जानकारी दिएको छ। लिमिटेड अप्सनमा कम्पनीले स्पोर्ट्स र ग्ल्यामर एडिशन उपलब्ध गराएको हो। 
कम्पनीका अनुसार विशेष एडिशनका यी कारको बुकिङ भने नाडा अवधिभर कम्पनीको स्टल नं ‘ए स्टार वान’ मार्फत मात्र गर्न सकिनेछ। सार्वजनकि गरिएको नयाँ भिटारा ब्रेजाको शुरुवाती मुल्य रू. ३५ लाख ९९ हजार तोकिएको छ । सीजी नेक्स्ट जेन नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता हो।
 
कम्पनीले भिटारा ब्रेजा नेपाली  बजारमा सेग्मेण्टमै पहिलो पटक डुअल कलर स्किम सहित भित्र्यएका छ। कारमा उत्कृष्ट कार्य क्षमता प्रदर्शनीका लागि डीडीआईएस २०० ईञ्जिन जडान गरिएको छ। डीडीआईएस २०० डिजल ईञ्जिनले ९० पीएस शक्ति र २४ दशमलव ३ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ।
 
उत्कृष्ट ग्राउण्ड क्लियरेन्स र स्पोर्टी बडी किट सहितको यस कारमा स्पोर्टी अलो ह्विल्स देखिने गरी मस्कूलर ह्विल आर्कको प्रयोग गरिएको छ।गतिशिलताको अनुभव दिन यसमा फ्लोटिङ रुफ डिजाइनको पनि प्रयोग गरिएको छ। यी लगायत अन्य आकर्षक डिजाइन फिचर्सले कारलाई पृथक तथा आकर्षक लुक प्रदान गर्न उल्लेख्य सहयोग गरेको छ।
 
कारमा आन्तरिक सजावतका लागि पीयानो फिनिस सहित स्पोर्टी सिटको प्रयोग गरिएको छ। यात्रामा आरामदायी अनुभवका लागि कारमा यस सेग्मेण्ट अन्तर्गतकै ठूलो क्याविन र बुटस्पेस उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ। कारमा चालक तथा यात्रुको सुरक्षामा पनि विशेष ध्यान दिइएको छ।
 
यसका लागि कारमा कम्प्युटर एडेड डिजाइन प्रयोग गरिएको सुजुकी टीईसीटी प्रणाली जडान गरिएको छ। साथै,  एयर ब्याग (standard across all variant), एबीएस तथा प्रि टेन्सनर र फोर्स लिमिटर सहितको छ। कम्पनीले कारमा बेष्ट इन क्लास फिचर्सका रुपमा एप्पल कार प्ले सहितको स्मार्ट प्ले ईन्फोटेनमेण्ट प्रणाली, क्रुज कन्ट्रोल, एण्टि पिन्च गार्ड पावर विण्डो लगायत फिचर्सहरु रहेका छन्। कारमा किलेस एण्ट्रि, स्टेरिङ माउण्टेड कन्ट्रोल, ब्लू टूथ, भ्वाइस कमाण्ड, ईञ्जिन स्टार्ट स्टप बटन, क्यामेरा सहितको पार्किङ सेन्सर, अटो एसी लगायत सुविधापनि उपलब्ध रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ