arrow

प्रीति जिन्टाको सिमला स्थित घरमा भेटियो लाश

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
rk-24.jpeg
एजेन्सी । बलिउड अभिनेत्री प्रीति जिन्टाको सिमला स्थित घरमा लाश भेटिएपछि सनसनी मचिएको छ । प्रीति घरमा उनको आमा नील प्रभा बस्दै आएकी थिइन् । घटना भएको समय प्रीतिको आमा भने घरमा थिइनन् । सिमला प्रहरीले मृतक करण दीप रहेका जनाएको छ । प्रीति जिन्टाको सो घर सिमलाको दक्षिण भेगमा पर्दछ ।
 
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घरको तेस्रो तल्लाबाट झरेर पटियालाका २९ वर्षीय करण दीपको मृत्यु भएको हो । प्रीति जिन्टाको आमाले सो घरको तेस्रो तल्ला लोकेश बंसल नाम गरेका युवकलाई भाडामा दिएकी थिइन् । करण दीप, लोकेशलाई भेट्न सिमला आएका थिए । दुवैले अबेर रातसम्म रमाइलो गर्दै रक्सी पिएका थिए ।
 
सिमला प्रहरीका अनुसार, 'मृतक करण दीप नशामा थिए , उनि हिड्दै गर्दा बालकोनीबाट झरेर मृत्यु भएको पाइयो।' लोकेशका अनुसार , ' म रक्सी पिएपछि आफ्नो कोठामा गए । करण दीप उक्त समय पनि रक्सी पिउदै थिए । बिहान उठेपछि करण दीपलाई घरमा देखिन र खोज्न बाहिर निस्किए । मैले करण दीपलाई मृत अवस्थामा देखे, उनको कपडा खुनले लतपतिएको थियो । मैले तत्काल प्रहरीलाई फोन गरी सो कुराको जानकारी दिए ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ