arrow

बुवाको मुख हेर्ने दिनलाई लक्षित गरि टेलिकमले ल्यायो यस्तो प्याकेज

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
Nepal-Telecom.jpg.jpeg
काठमाडौँ ।  नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिनको अवसरमा  शुभ विहानी–सन्ध्या डाटा प्याक ल्याउने भएको छ । टेलिकमले  जिएसएम प्रिपेड प्रयोगकर्ताहरुको लागि सो सेवा ल्याउन लागेको हो । 
 
कम्पनिले ४५ रुपैयमा १०० एमबिको डाटा प्रदान गर्नेछ डाटाको समयावधि ३ दिन हुनेछ । साथै  ९० रुपैँयमा २२५ एमबिको डाटा प्रदान गर्नेछ । सो डाटाको समयावधि ७ दिन हुनेछ । 
 
उपभोक्ताले १०० एमवि डाटा प्राप्त गर्नको लागि SPECIAL100MB र २२५  एमवि डाटा प्राप्त गर्न SPECIAL225MB लेखेर  १४१५ मा एसएमएस पठाउनु पर्नेछ । 
 
सो अफर आगामी भाद्र १६ देखि ३ महिनासम्म लागू हुनेछ । अफर बिहिवार विहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने कम्पनिले जनाएको छ । 
 
सो महसुल दरमा नियमानुसार लाग्ने कर समावेश भने नगरिएको नेपाल टेलिकमकी प्रवक्ता  प्रतिभा बैद्यले विज्ञापतीमा जनाएकी छन‍् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ