arrow

प्रधानमन्त्री दाहाल आफ्नो भ्रमण पहिले भारतमा राजदूत पठाउन जोडबल गर्दै

नयाँ नियुक्तिको अभ्यासमा समय लाग्ने, पुरानैलाई पठाउनेबारे कांग्रेसले सोच्नु पर्ने

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
prachanda-aaaa.JPG.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकल दाहालको भारत भ्रमण बाहिर जति चर्चा छ भित्र त्यति तयारी नभएको देखिएको छ । दाहालले परराष्ट्र मन्त्रालयलाई भ्रमण टोली सानो बनाउन र तयारी तीब्र पार्न भनेका छन् । यद्यपि, परराष्ट्रले अझै कति जनाको टोली बनाउने भन्ने खाका बनाउन सकेको छैन । 
परराष्ट्र मन्त्री प्रकाशशरण महत निकट स्रोतले भन्यो, ‘भ्रमण टोलीको खाका बनिसकेको छैन ।’ सरकारको चिन्ता प्रधानमन्त्रीको भ्रमण पहिले नै राजदूतको व्ययस्था गर्न पाए हुन्थ्यो भन्नेछ । त्यतातिर पनि सरकारको दौड छ । यद्यपि, नयाँ राजदूत नियुक्ति गर्न तत्काल सम्भव छैन ।
 
स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको भ्रमण अघि राजदूत पठाउने भन्ने नै हो । तर, १० दिनमा के गर्न सकिन्छ कति सकिन्छ त्यो पछि थाहा होला ।’ अहिले नयाँ राजदूत पठाउन राजनीतिक परिवेश र नियमावलीको परिधिलाई केन्द्रमा राख्नै पर्ने हुन्छ । यद्यपि, केहीले पहिले फिर्ता भएकै राजदूतलाई पठाए हुने राय दिएपनि त्यो अभ्यासबारे केही नसोचिएको बताइएको छ । परराष्ट्रमन्त्री निकट स्रोतले कुरा प्रस्ट गरेन । तर, प्रधानमन्त्रीको भारत भ्रमणअघि राजदूत पठाउने कुरा सरकारले छलफल नै गरेको विषय भएको भने खुलेको छ । स्रोतले घुमाउरो भाषामा भन्यो, ‘नयाँ पुरानो भन्ने कुरा भन्दा पनि राजदूत पठाउने भन्ने स्प्रीट हो ।’    
 
उता, प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले परराष्ट्रमन्त्री प्रकाशशरण महतले सार्वजनिक कार्यक्रममा भनेको विषय छलफल भएकै विषय भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीको भ्रमण अघि राजदूत पठाउने भन्ने कुरा भएकै हो । तर, कसरी भन्नेबारेमा अभ्यास भइरहेको छ । हुने वा नहुने कुरा अहिले नै भन्न सकिँदैन ।’ संसदको नियमावली अनुसार चल्ने हो भने, समय थोरै छ । वैकल्पिक व्यवस्थाबारे केही सोच्न सकिए मात्रै हो ।  
 
उनले भने, ‘सरकारको पहिलो चिन्ता राजदूत पठाउन पाए हुन्थ्यो भन्ने नै हो । कि पहिलेको सरकारले फिर्ता बोलाएकै राजदूतलाई पठाउने विषयमा कांग्रेसले सोच्न सक्नु पर्यो ।’ त्यो अभ्यास गर्नुअघि राजनीतिक माहोल मिलाउनु पर्ने हुन्छ । यसअघि, तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएको थियो । 
 
यस्तै, प्रधानमन्त्रीसंगको भारत भ्रमणमा जानेहरुको टुंगो नलागेपनि टोली सरकारको भ्रमण निर्देशिकाले तोकेको भन्दा केही भद्दा नै हुने बताइएको छ । प्रधानमन्त्रीसंग अर्थमन्त्री, परराष्ट्रमन्त्री, मुख्य सचिव, परराष्ट्र सचिव, शिष्टाचार महापाल, प्रधानमन्त्रीका स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकारलगायत थुप्रै हुने भएकाले भ्रमण निर्देशिकाले तोके भन्दो ठूलो टोली बन्ने बताइएको छ । सरकारको भ्रमण निर्देशिकाले २३ जना भन्दा बढीको भ्रमण टोली बनाउन नहुने व्यवस्था गरेको छ । दाहाल आगामी भदौ ३० देखि चार दिने भ्रमणमा निस्कने कार्यतालिका छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ