arrow

विदेशमा दुःख झेलिरहेका नेपालीबारे चार मन्त्रालयले प्रधानमन्त्रीलाई गरे ब्रिफ

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
singha-durbar.jpg.jpeg.jpeg
काठमाडौं । विदेशमा रहेका नेपालीहरुको अवस्थाबारे सम्बन्धित मन्त्रालयहरुले प्रधानमन्त्रीलाई ब्रिफ गरेका छन् । 
 
मंगलबार प्रधानमन्त्री कार्यालयमा परराष्ट्र, श्रम, अर्थ र गृह मन्त्रालयले वैदेशिक रोजगारी र नेपाली कामदारले भोगिरहेका समस्याबारे प्रधानमन्त्रीलाई ब्रिफ गरेका हुन् ।
 
प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार चारै मन्त्रालयका मन्त्री र सचिवहरुले प्रधानमन्त्रीलाई अब उपरान्त स्वदेशमै रोजगारीको अवसर कसरी सिर्जना गर्न सकिन्छ र विदेशमा दुःख पाइरहेकाहरुको व्यवस्थापन कसरी हुन्छ भन्नेबारे कार्ययोजना सुनाए । तर, प्रधानमन्त्री दाहालले आफुलाई रणनीतिक ‘स्टेटिची प्लान’को खाका पेश गर्न निर्देशन दिए ।   
 
प्रधानमन्त्री दाहालले तत्कालका लागि भइराखेको व्यवस्थापनबारे यथार्थ विवरण मागेका थिए । यस्तै, महिला कामदारले भोग्दै आएको दुव्र्यवहार र विदेश जाने महिलाको उमेर नीतिबारे समेत बैठकमा छलफल भएको छ । पहिले विदेश जाने महिला कामदारको उमेर २५ वर्ष राखिएकामा अब ३० वर्ष हुनु पर्ने नीति बनाउने कुरा भएको छ ।   
 
सरकारको पहिलो जोडबल देशमै रोजगारीको वैकल्पिक व्यवस्थ गर्ने, तत्काल पूर्ण व्यवस्थापनको वातावरण नबने बाहिर जानेहरुका लागि कानुनी व्यवधान सुधार, अर्थका कारण पर्दै आएको समस्याबारे विस्तृत रणनीति बनाउनु मै रहेको  प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ