arrow

गुण्डा नाइके मनाङ्गे पुर्पक्षका लागि थुनामा

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
manange-new.jpeg
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले गुण्डा नाइके दीपक मनाङ्गेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 
 
न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले आज व्यक्ति बन्धक तथा अपरहण मुद्दामा मनाङ्गेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका श्रेस्तेदार धु्रवकुमार उप्रेतीले जानकारी दिनुभयो । 
 
मनाङ्गेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । दुई महिना अगाडि व्यक्ति बन्धक बनाएर रकम असुलेको आरोपमा प्रहरीले मनाङ्गेलाई पक्राउ गरेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ