arrow

ला लिगा: तोडिएला मेस्सी एवं रोनाल्डोको वर्चश्व ?

मेस्सी र रोनाल्डोलाई केहि मात्रामा भए पनि चुनौती दिन आशा लाग्दा अनुहारहरु छन्।

logo
राजु रिमाल,
प्रकाशित २०७३ भदौ १४ मंगलबार
ronaldo-messi.jpeg
गत सिजनमा बार्सिलोनाले ला-लिगाको उपाधि जितेको थियो भने रियल मड्रिडले च्याम्पियन्स लिग उपाधि हात पारेको थियो। उक्त सिजनको अन्तसँगै अर्जेन्टिना कोपा अमेरिकामा दोस्रो भएको थियो भने युरो २०१६मा पोर्चुगलले उपाधि हात पारेको थियो। 
 
बार्सिलोना र अर्जेन्टिनाबाट खेल्ने मेस्सी र रियल मड्रिड एवं पोर्चुगलबाट खेल्ने रोनाल्डोले आफ्नो खेल कौशलले आफ्नो टोलीको नाम उच्च राख्न राम्रो योगदान दिएको प्रष्ट हुन्छ। 
 
विश्व क्लब फुटबलमा केही  दशक अगाडीसम्म प्रिमियर लिगको  हाली मुहाली हुने   गरेकोमा  हाल स्पेनिस क्बलको राज चल्ने गरेको छ।
 
खेलाडीमा प्रशस्त  लगानी, गुणस्तरीय फुटबल, अन्तराष्ट्रिय रुपमा धेरै समर्थक तथा अन्तराष्ट्रिय फुटबल उपाधिमा पकड आदी कारणले नै हाल प्रत्येक  खेलाडी , प्रशिक्षक तथा समर्थकको पहिलो रोजाईमा पर्न सफल हुने गर्दछ। क्लब लिगमा  विश्वको फुटबलको ध्यान केन्द्रित  गर्न सफल भएको यो लिगको पछिल्लो सिजनको उपाधि बार्सिलोनाले जितेको थियो। यो नयाँ सिजनमा ला लिगाको  प्रत्येक क्लबले आफ्नो दुई खेल खेलिसकेका छन्। 
 
हरेक पटक  झै यो पल्ट उपाधिको प्रमुख दाबेदार टोली बार्सिलोना तथा रियल म्याड्रिड रहेका छन् भने पछिल्लो समय यि दुई टोलीलाई उपाधिको लागि टक्कर दिने टोली एथलेटिको मड्रिड रहदै आएको छ।  गत सिजन प्रतियोगिताको  करिब  अन्त्यसम्म उपाधिको होडमा रहेको एथ्लेटिको  अन्तिमको केही खेलमा सम्हालिन नसक्दा  तेस्रो स्थानम चित्त बुझाउनु परेको थियो।
 
गत सिजन जस्तै यो पटक पनि ला लिगामा सबैको ध्यान रियल,बार्सा तथा एथ्लेटिकोमा हुनेछ।  जारी सिजनमा कुनै चमत्कार भएन भने  यो पटकको लिग यी तिन टोली मध्ये  कुनै एकले जित्ने छन् जसमा बार्सा तथा रियलको संभावना बढि रहेको छ।  
 
रियल तथा बार्सिलोनालाई  उपाधिकालागि  बलियो टोलीको रुपमा राख्न सधैँ झै  उनिहरुका विश्व चर्चित फरवर्ड लाईन 'बिबिसी' तथा 'एम एस एन' तिकडीले महत्वपुर्ण प्रदर्शन  गर्ने गर्दछन।  
 
तिकडीको नेतृत्व बार्सिलोनाकालागि लियोनल मेस्सी तथा रियलका लागी रोनाल्डोले गर्ने गर्दछन्।  आफ्नो टोलीलाई महत्वपुर्ण उपाधि  दिलाउने क्रममा मेस्सी र रोनाल्डोले सधैँ निर्णायक भुमिका निर्वहा गर्दै आएका छन्। 
 
विश्व फुटबलमा विगत आधा दशक भन्दा बढी समयबाट निरन्तर आफ्नो राज चलाइरहेका दुई सुपरस्टार बिच सधैँ चर्को तुलना तथा प्रतिस्पर्धा हुने गर्दछ। 
 
मेस्सी बार्सिलोनाका एकाडेमीक उत्पादन हुन् उनले बार्सिलोनाका विभिन्न उमेर समुहमा रहँदै  सन् २००४ बाट बार्सिलोनाको सिनियर टोलीका  लागि  खेलिरहेका छन् भने रोनाल्डो सन् २००९ मा म्यानचेष्टर युनाइटेटबाट रियल मड्रिड आएका हुन्।  
 
सन् २००४ बाट २००८-९ को सिजन सम्म बार्सिलोनाको राइट विङ्गस सम्हालेका मेस्सीले  सन् २००९-१० को सिजनबाट बार्सिलोनाको फरवर्डको जिम्मेवारी  सम्हाले पछि निरन्तर बार्सिलोनाको लागि सिजनको सर्वाधिक गोल कर्ता हुदै आएका छन् (गत सिजन वाहेक )  उक्त अवधीमा तिन सिजन ला लिगाको सर्वाधिक गोलकर्ता भएका थिए।  
 
यता रोनाल्डोको कथा पनि यस्तै छ सन् २००९ को सिजन बाट रियलमा भित्रिएका उनि त्यसपश्चात  निरतन्तर क्लबका लागि सर्वाधिक  गोलकर्ता हुदै आएका छन् भने ३ पटक ला लिगाको सर्वाधिक गोलकर्ता भएका थिए।  
 
पछिल्लो समय विश्व फुटबलमा ला लिगाको समर्थकको संख्या अत्याधिक बृद्धि हुनु  तथा स्पेनिस क्बको विश्व फुटबलमा बलियो उपस्थिति जनाउनुमा यि दुई खेलाडीको पनि योगदान रहेको छ। कतिपय ला लिगाको समर्थक बढ्नुको कारण पनि यि दुई स्टार नै  रहेको छन्। हाल दुई क्लब समर्थकले मेस्सी तथा रोनाल्डो बिनाको आफ्नो टोलीलाई  अपुरो मान्ने गर्दछन्।  
 
फुटबलमा जित्नका लागि गोल गर्नुपर्ने हुन्छ त्यसैले जस्ले गोल गर्छ त्यो नै चर्चामा रहन्छ।   सामन्यतया दुई  फरवार्डको  अन्य खेलाडी भन्दा  धेरै चर्चा हुनुको कारण पनि त्यही हो।  आफ्नो टोलीलाई चाहिएको अवस्थामा जस्तो सुकै  बेलामा पनि गोल गर्ने खुबी  दुई खेलाडीमा रहेको  छ। टोलीको हरेक खेलपछि  दुईको प्रदर्शनलाई लिएर खुबै विश्लेषण हुने गर्दछ। मेस्सी र रोनाल्डो  हाल  विश्व फुटबलमा शिर्ष दुई  फरवार्ड हुन् यसमा  कसैको दुइमत रहेको छैन्।   यि २ खेलाडी बिच को उत्कृष्ट खेलाडी हुन् भन्ने विषयले  मिडिया तथा आम फ्यानमा सधै विबाद हुने गर्दछ।  
 
रोचक कुरा के छ भने यि खेलाडी बिच जति ब्यतिगत रुपमा प्रतिस्पर्धा हुने गर्दछ त्यो भन्दा गहिरो  तथा पुरानो प्रतिद्धन्धात्मक सम्बन्ध यि दुई खेल्ने क्लब बार्सिलोना र रियल मड्रिड  बिच रहेको छ। जब मैदानमा बार्सिलोना र रियल एक आपसमा खेल्न उत्रनर दर्दछन तब यि दुई क्लबका समर्थक आफ्नो टोलीको निश्चित  सँगै अर्को क्लबको लज्जास्पद हारको कामना गर्दछन्। 'एल क्लासिको'  नामले परिचित उक्त खेल  विश्वभरका  प्रत्येक फुटबल प्रेमीको लागि हरेक  सिजन  प्रतिक्षाको विषय हुने गर्दछ।  उक्त खेल हाल  रोनाल्डो र मेस्सी बिचको प्रतिष्ठाको विषयको रुपमा हेर्न थालिएको छ। 
 
ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा मेस्सी  ले ३ सय ५१ खेलबाट ३ सय १६ गोल गर्दै पहिलो स्थानमा छन् भने रोनाल्डोले २ सय ३६ खलेबाट २ सय ६०  गोल गर्दै  दोस्रो स्थानमा रहेका छन्।  यसबाट थाहा पाउने सकिन्छ  यि दुई खेलाडीको ला लिगा मा कति राज चल्छ भनेर यि अलवा च्याम्पियन्स लिग ,क्लब विश्वकप,जस्ता  सम्पुर्ण  प्रतियोगितामा यि  दुई खेलाडी  नै हावी हुने गर्दछन्। 
 
आफ्नो खेल जिवनको मध्य समयमा रहेका उनिहरुले लगातार आफ्नो करियरमा सफलता हात पारिरहेका यी खेलाडी खेलिरहेका ला लिगाको यस बिचमा  चर्चित तथा प्रतिभावान खेलाडी  नआएका भने होइनन्। उनिहरु आएर पनि खास प्रदर्शन गर्न सकेनन अथवा राम्रो प्रदर्शन गरे पनि मेस्सी तथा रोनाल्डोको स्टारडमले उनिहरुलाई छायाँमा पार्यो। 
 
हाल ला लिगामा मेस्सी र रोनाल्डोलाई केहि मात्रामा भए पनि चुनौती दिन आशा लाग्दा अनुहारहरु रहेका छन्।  जो बार्सिलोनाका स्टार खेलाडी नेमार तथा स्वारेज, रियलका गेराथ वेले तथा  एथलेटिकोको खेलाडी एनथोनी ग्रिजमान रहेका छन्। 
 
ला लिगामा पछील्लो सिजन सर्वाधिक गोलकर्ता बार्सिलोनाका फरवार्ड लुईच स्वारेज  भएका थिए।उनले  उक्त सिजन ४० गोल गर्दै आधा दशक भन्दा धेरै समयबाट मेस्सी र रोनाल्डोको सर्वाधिक गोलकर्ता बन्ने सिन्डिकेटको अन्त्य गरेका थिए।यसबाट ला लिगामा केही सकारात्मक तंरङ ल्याएको छ।   यध्यापी युईएफएका वर्ष उत्कृष्ट खेलाडी भने रोनाल्डो  घोषित हुदै गोल्डेन बुट हात पारे । 
 
यो सिजन सुरु भए सँगै मेस्सी तथा रोनाल्डोमा फेरी पनि सम्पुर्ण विश्वको ध्यान केन्द्रित भएको छ। यो सिजन पनि यि दुई खेलाडीलाई सर्वाधिक गोलकर्ता बन्न अन्य कुनै खेलाडीले रोक्न सक्लान त ? के अब यो सिजन कुनै अन्य खेलाडीले यि दुई महारथीलाई पछि पार्दै यिनीहरुको ला लिगामा प्रभूत्व  तोडलान ? यो जारी सिजनले नै बताउने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ