arrow

परराष्ट्र मन्त्री महत र भारतीय राजदूतबीच छलफल

logo
प्रकाशित २०७३ भदौ १५ बुधबार
ministry.jpg.jpeg
काठमाडौं । परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि भारतीय राजदूत रञ्जित रेबीच परराष्ट्र मन्त्रालयमा छलफल भएको छ । दुवैबीच प्रधानमन्त्री पुष्ककमल दाहालको भारत भ्रमणको तयारीबारेमा छलफल भएको जनाइएको छ । 
 
प्रधानमन्त्री दाहालले यही भदौ ३० गते भारतको औपचारिक भ्रमण गर्दैछन् । यसअघि प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत गएका थिए । 
 
त्यतिबेला परराष्ट्र मन्त्री नतोकिएकाले समस्या पैदा भएको थियो । अहिले परराष्ट्र मन्त्री तोकिएपछि भारतलाई पनि एजेन्डा तय गर्न सजिलो भएको छ । बैठकअघि मन्त्री महतले प्रधानमन्त्री दाहालको भारत भ्रमणमै केन्द्रित रहेर छलफल हुने बताएका थिए । 
 
आजै मन्त्रीपरिषदको बैठक पनि डाकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ