arrow

हाम्रो कार्य लाइसेन्सको क्षेत्रअधिकार भित्रै : एनसेल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
24732191.png
काठमाडौं । दूरसंचार सेवा कम्पनी एनसेलले नियामक निकायले आफुहरुमाथिको फरक धारणा राखेको प्रष्ट्याएको छ । विज्ञप्ती जारी गर्दै एनसेलले नेपाल दूरसंचार प्राधिकरणले आफुहरुमाथि राखेको धारणा फरक रहेको प्रष्ट्याएको हो ।  विज्ञप्तीमा भनिएको छ,–‘आफ्ना कर्पोरेट ग्राहकलाई उनीहरुको व्यावसायिक प्रयोजनका लागि एनसेल सिम, जसले एसआईपि सेवा संचालन गर्न पनि सकिन्छ, वितरण गर्नु एनसेलको लाइसेन्सको क्षेत्राधिकार भित्र पर्छ भन्ने एनसेलको धारणा रहेको छ ।’ यस सम्बन्धमा नियामक निकायको फरक धारणा आएको छ  । एनसेलले सो विषयमा नियामक निकायले लिएका आधारहरुको गहन अध्ययन गरी आगामी कदम चाल्ने समेत जनाएको छ ।
 
एसआइपी सेवा हाल नेपालमा विशेष गरि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुका लागि महत्वपूर्ण छ । संचालनमा रहेको सेवा बन्द गर्दा कम्पनीहरुको कस्टमर केयर सर्भिसमा असर पर्ने र नेपालमा यो सेवाको अन्य विकल्प पनि हाल उपलब्ध नरहेको एनसेलको विज्ञप्तीमा उल्लेख छ । 
 
नयाँ प्रविधि अङ्गाल्दै आफ्ना ग्राहकलाई राम्रो तथा उन्नत सेवा प्रदान गर्न तत्पर भइरहँदा नियामक निकायबाट कारबाहीको व्यहोरा आउनुले हामी आश्चार्यचकित भएका छौं –विज्ञप्तीमा भनिएको छ ।  दूरसंचार अप्टिकल फाइबर प्रयोग गरेर बिना अनुमति दूरसञ्चार सेवा प्रदान गरेको भन्दै बुधबार मात्र पाँच लाख जरिवाना गरेको जनाएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ