arrow

मोर्चा परिवर्तन भए पनि ‘मिसन’ उही : महासचिव पोखरेल

logo
प्रकाशित २०७३ भदौ १५ बुधबार
ISHWAR-POKHREL_20140203095440.jpeg
सिन्धुलीमाढी । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीको मोर्चा परिवर्तन भए पनि मिसन (लक्ष्य) परिवर्तन नभएको बताएका छन् । 
 
प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकको बुधवार  उद्घाटन गर्दै उनले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, आर्थिक विकास र मुलुकको समृद्धि पार्टीको लक्ष्य भएकाले प्रमुख प्रतिपक्षमा रहेर पनि जनताका मुद्दा बोक्न उत्तिकै जिम्मेवार हुने बताए । 
 
पोखरेलले एमालेले बोकेको मुद्दा पार्टीको मात्र नभई सिङ्गो मुलुककै भएकाले ती मुद्दालाई जनताका बीचमा जागरणका रुपमा लैजान पार्टी परिचालित हुने पनि उल्लेख गरे । 
 
एमालेका सचिव गोकर्ण विष्टले ओली नेतृत्वको सरकारले गरेका लोकप्रिय कामको जगमा पार्टी प्रतिपक्षमा रहँदा एकतावद्ध भई आगामी प्रतिस्पर्धामा श्रेष्ठ हुने गरी अगाडि बढ्ने जनाए । 
 
अर्का सचिव योगेश भट्टराईले संविधान बमोजिम स्थानीय तह र अन्य तहको निर्वाचन समयमा गर्न सरकारसँग माग गर्दै निर्वाचन नगर्ने र अनावश्यक विषयमा संविधान संशोधन गराउन खोजेर मुलुकलाई अधोगतिमा धकेल्ने प्रयास चिनुपर्ने बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ