arrow

राष्ट्रिय समस्या समाधान गर्न दलीय एकता आवश्यक : सभामुख नेम्बाङ

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
366705173.jpeg
काठमाडौँ। विभिन्न राजनीतिक दलमा आबद्ध युवा नेताले भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीले जनजीवन प्रभावित भएको भन्दै तत्काल समस्या समाधान गर्न सभामुख सुवास नेम्बाङ समक्ष ज्ञापनपत्र बुझाएको छ । नेकपा(एमाले)का युवा नेता ठाकुर गैरेको नेतृत्वको टोलीले आज सभामुख नेम्बाङलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै सभामुख नेम्बाङले समस्याको समाधान गर्न सबै राजनीतिक दल, सरोकारवाला निकायले विशेष पहल गर्नुपर्ने बताउनुभयो । 
 
मुलुकलाई परेको समस्याको समाधान गर्न प्रमुख राजनीतिक दलको एकता आवश्यक रहेको भन्दै उहाँले सामूहिक एकता र प्रयत्नबाट नै सम्भव हुने उल्लेख गर्नुभयो । प्रमुख दलका बीचमा कायम रहेको एकता भाँडिन्छ कि भन्ने आशङ्का पछिल्लो दिनमा पैदा भएको भन्दै सभामुख नेम्बाङले संविधानको सफल कार्यान्वयन गर्न र मुलुकमाथि आइपरेको विभिन्न समस्या समाधान गर्न सबै पक्षको एकता आवश्यक रहेको स्पष्ट पार्नुभयो । 
 
सरकारले अपनाउनुपर्ने सबै प्रकारको उपाय अवलम्बन गर्नुपर्ने र दलीय एकता आवश्यक रहेकामा नेम्बाङको जोड थियो । संविधान घोषणापछिको अवस्थामा मुलुक सहजरुपमा अगाडि बढ्ने अपेक्षा विपरीत आएका सङ्कट समाधानका लागि सबै प्रकारका उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा(माओवादी), नेकपा(संयुक्त)लगायत दलमा आबद्ध युवा नेताले यसअघि प्रधानमन्त्री सुशील कोइरालालाई यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् । 
 
राष्ट्रिय स्वाधीनता अभियान नाम दिएर युवा नेताले नजिकिँदो चाडबाडलाई ध्यान दिएर व्यवस्थापिका–संसद्को चालु अधिवेशनमा नै विशेष सङ्कल्प प्रस्ताव पारित गर्न माग गर्नुभएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ