arrow

साझा धारणा नबनाई प्रमुख तीन दलको बैठक सकियो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1613660501.jpeg
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रस्तुत गरेका ११ बुँदे मागका सम्बन्धमा साझा धारणा बनाउन बिहीबार बिहान बसेको प्रमुख तीन दलको बैठक साझा धारणा नबनाई केही समय अघि सकिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमामा बिहान सत्तारुढ दल नेकपा(एमाले)सहित एकीकृत नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बसेको बैठकले मोर्चासँगको छलफल पछि निश्कर्ष निकाल्ने निर्णय गरेको छ । 

साझा धारणा आउन नसकेपछि मधेशी मोर्चासँग गर्ने भनिएको वार्ता पनि कहिले हुने केही टुंगो लाग्न सकेको छैन । बुधबार निर्णायक वार्ता गर्ने भनिए पनि मधेशी मोर्चाका शीर्ष नेताहरु तराईका जिल्लामा हुने विरोधसभामा सहभागी भएका कारण उपस्थित हुन नसकेपछि वार्ता हुन सकेको थिएन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ