arrow

प्रचण्ड सरकारको निर्णय : पूर्व मुख्य सचिव लीलामणी पौड्याल चीन र दीपकुमार उपाध्याय भारतको राजदूत

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
Dahal-cabinet-new.jpeg
काठमाडौं । सरकारले चीन र भारतका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्य सचिव लीलामणी पौड्याललाई चीन र ओली सरकारले फिर्ता बोलाएका दीपकुमार उपाध्यायलाई पुन भारत पठाउने निर्णय गरेको हो । 
 
प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण अघिनै उपाध्याय भारत गई जिम्मेवारी सम्हाल्ने छन् भने,  पौड्यालको संसदीय सुनुवाई हुने छ । 
 
उपाध्याय यसअघि  भारतको राजदूत रहेकोमा केपी ओली सरकारले फिर्ता बोलाएको थियो । ओली सरकारले उपाध्यायलाई फिर्ता बोलाए पनि भारतमा भने राजदूत सिफारिस गरेको थिएन । चीनमा भने पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको थियो । 
 
पौड्याल सअघि ल्हासामा महावाणिज्यदूत भइसकेका छन् । सरकारले साउन २१ गते ओली सरकारले राजनीतिक पृष्ठभूमिबाट प्रस्तावित १४ राजदूतको संसदीय सुनुवाई रद्द गरिदिएको थियो । 
 
सरकारको निर्णयविरुद्ध एमालेबाट सिफारिसमा परेका ४ जनाले संयुक्तरुपमा सर्वोच्चमा रिट निवेदन दर्ता गरेकामा अदालतले सरकारले गरेको राजदूत फिर्ताको निर्णय तत्काल यथावत राख्न र अर्को निर्णय नगर्न भनेको थियो । सर्वोच्चले सरकारसंग जवाफ समेत मागेको थियो । जवाफ दिएकोबारे प्रधानमन्त्रीका सहयोगिहरुलाई जानकारी छैन । 
 
यद्यपि, सरकारले प्रधानमन्त्रीको भारत भ्रमण र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई ध्यानमा राखेर यो निर्णय गरेको बताइएको छ । केही दिन अघि मात्रै हाम्राकुरासंग कुरा गर्दै परराष्ट्रमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्रीको भारत भ्रमण अघि नै राजदूत नियुक्त गर्ने बताएका थिए । 
 
नयाँ सिफारिस वा उपाध्यायलाई नै पठाउने भन्नेबारे उनलको घुमाउरो भाषामा नयाँ पुरानो भन्दा पनि प्रधानमन्त्रीको भ्रमण अघि नै राजदूत नियुक्त गर्ने सरकारको स्प्रीट नै हो भनेका थिए । यद्यपि, उनले समाचारमा आफुले भनेको भनेर नाम उल्लेख नगर्न भनेका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ