arrow

आतंककारी कृयाकलापमा वित्तीय लगानी रोक्नेबारे छलफल

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
Sebon-nepal.jpeg
काठमाडौ। सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण विषयको संवेदनशीलतालाई दृष्टिगत गरी बोर्डले हालै बोर्डका कर्मचारीहरु तथा पुंजीबजारका सरोकारवालासग अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । विभिन्न लगानीकर्ता संघहरु, सिडिएस एण्ड क्लियरिङ्ग लि. तथा मर्चेन्ट बैंकरका पदाधिकारीहरुका लागि सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो। 
 
उक्त कार्यक्रम धितोपत्र बजारलाई प्रयोग गरी सम्पत्ति शुद्धिकरण हुन नदिन सूचक संस्थाहरुले सत्य तथ्य सूचना तथा विवरण उपलब्ध गराउनका लागि ग्राहकसंग आवश्यक विवरण संकलन गर्ने, ग्राहकहरुलाई जोखिमका आधारमा वर्गीकरण गर्ने तथा शंकास्पद कारोवारको रिपोर्ट तथा अन्य नियमित रिपोर्ट गर्ने लगायतका जिम्मेवारी वहन गर्न विश्वसनीय प्रणालीको आवश्यकता, गैर कानुनी सम्पत्तिको स्रोत, गैर कानुनी सम्पत्ति शुद्धिकरण हुन सक्ने माध्यम, सम्पत्ति शुद्धिकरण सम्बन्धी विद्यमान तथा प्रस्तावित कानुनी व्यबस्था, जोखिम प्रोफाइल तयार गर्ने लगायतका बिषयमा केन्द्रीत रहेको थियो । सो कार्यक्रमको श्रोत व्यक्तिको रुपमा नेपाल राष्ट्र बैंकका उपनिर्देशक श्री हरि नेपाल रहनु भएको थियो।
 
कार्यक्रममा बजारमा कालोधन प्रवेश भएको भन्नेमा लगानीकर्ता विश्वस्त नभएको हुंदा यर्थार्थ छानवीन हुनु पर्ने, कुनै पनि कारोवार गर्दा यर्थार्थ मूल्यमा गर्नुपर्ने, रु.१० लाख भन्दा कम रकमको पटक पटक कारोवार गर्दा त्यस्तो कारोवार शंकास्पद कारोवारको रुपमा लिइनुपर्ने, सूचक संस्थाहरुले ग्राहकको विवरण लिदा जोखिमयुक्त देखिएमा ग्राहक समेत पहिचान गर्न प्रयास गर्नुपर्ने तथा जिम्मेवारी पूरा नगर्दा हुन सक्ने दण्ड जरिवाना जस्ता विषय वस्तुमा समेत गहन छलफल भएको थियो।
 
अभिमूखीकरण कार्यक्रमको शुभारम्भ गर्दै बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले पुंजीबजारको स्वच्छ, दिगो एवं विश्वसनीय विकासका लागि पुँजी बजारको माध्यमबाट गैरकानुनी धनलाई शुद्धिकरण हुन नदिन सम्पूर्ण सरोकारवाला पक्षहरु यस सम्बन्धमा आ–आफ्नो भूमिका र जिम्मेवारीका वारेमा स्पष्ट हुन तथा एकआपसमा सहकार्य गर्न जरुरी रहेको प्रष्ट्याउनु भयो । नेपाल आननाको सदस्य तथा आइओएससिओको एशिसिएट सदस्य भएको सन्दर्भमा नेपाली पुंजी बजारको पहुंच विश्वबजारमा समेत पुग्न सक्ने सम्भावना बढदै गइरहेकोले बजार अझ पारदर्शी हुन जरुरी भएको हुंदा पुंजीबजार सम्बद्ध पक्ष सबैले समयमै सम्पत्ति शुद्धिकरण तथा आतकंकारी कृयाकलापमा वित्तीय लगानी निवारणका लागि आवश्यक नीति एवं प्रणालीको विकास गर्नुपर्ने धारणा बोर्डका निर्देशक डा.नवराज अधिकारीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ