arrow

सरकारको निर्णय र तरंग : हेर्दै जाउँ अब के हुन्छ - महेन्द्रबहादुर पाण्डे

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
mahendra-pandey-new.jpeg
काठमाडौं । सरकारले आफ्नो किसिमले निर्णय गर्दै हिँडेको छ । अदालतले आफ्नो किसिमले निर्णय गर्ला । अदालतमा विचाराधीन विषयमा धेरै बोल्न उपयुक्त हुँदैन ।
 
पूर्व परराष्ट्रमन्त्री एवं तत्कालिन ओली सरकारले चीनका लागि राजदूत सिफारिस गरेका महेन्द्रबहादुर पाण्डेले हाम्राकुरासंग भने, ‘खै के था र गर्न पाउने भएरै त गरेको होला नि सरकारले ? अदालतले कस्तो निर्णय गर्छ अहिले नै भन्न सकिँदैन । अन्तरिम आदेश भनेको अन्तरिम आदेश नै हो । हेर्दै जाउँ अब के हुन्छ ? ।’
 
पाण्डेले आफुले भने आफुहरुको संसदीय सुनुवाई रद्द गरेकोविरुद्ध रिट भने नहालेको जानकारी दिए । उनले भने, ‘के लागिरहनु भनेर रिट हालिन । अन्य साथीहरुले हाल्नु भएको थियो । त्यसलाई व्यक्तित रुपमा हेरिएको छ ।
 
चीनको रिफारिसबारे रिट परेको थिएन । त्यसैलाई टिकेर सरकारले निर्णय गरेको होला ।’ उद्यपि, उनले व्यक्तिगत रिट निवेदन भएपनि सर्वोच्चको अन्तरिम आदेश एउटै विषय भएकाले व्यक्ति भन्दा पनि विषयले प्रधानता पाउने बताए । सर्वोच्चको आदेश पालना गर्नु सरकारको कर्तव्य हो ।
 
एमाले पोलिटव्यूरो सदस्य समेत रहेका पाण्डेलाई सरकारले राजदूत प्रस्ताव गरेकोबारे जानकारी नभएको सुनाउँदै भारतलाई कस्लाई पठायो भनेर सोधिहाले । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले चीनमा पूर्व मूख्य सचिव लीलामणी पौड्याल र भारतमा दीपकुमार उपाध्यायलाई पठाउने निर्णय गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ