arrow

विद्युत प्राधिकरणओखलढुंगाले साढे दुइ लाख बक्यैंता उठाउँन बाँकी

logo
जीवन शर्मा,
प्रकाशित २०७३ भदौ १६ बिहिबार
electricty.jpg.jpeg
ओखलढुंगा । नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्र बाट करिव साढे लाख विद्युत महसुल उठ्न बाँकी रहेको छ । विभिन्न संस्था तथा व्यक्तिगत ग्रहकहरुबाट गरी  २ लाख ४६ हजार एक सय ४४ रुपैँया विद्युत महसुल उठ्न बाँकी रहेको हो । एक  सय भन्दा ग्रहकहरुले विगतका केही बर्ष देखि प्रधिकरणलाई महसुल नबुझाएपछि असुल्नु पर्ने रकमको मात्रा बढ्दै गएको विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले जनाएको छ ।
 
ओखलढुंगा वितरण केन्द्रमार्फत विद्युत प्रयोग गर्दै गरेका १३ वटा सरकारी, गैर सरकारी तथा व्यक्तिगत कम्पनिहरुले विगत केही बर्ष देखि महसुल नबुझाएको केन्द्रले जनाएको छ  । विद्युत प्रधिकरण ओखलढुंगाको तथ्यांक अनुसार १३ संस्थागत तथा ८९ जाना व्यक्तिगत ग्रहकहरु मध्य कतिपयले  विगत ३ बर्ष देखि विद्युत महसुल तिरेको देखिदैन् । 
 
 संस्थागत तर्फ सबैभन्दा बढी  विद्युत महसुलबुझाउन बाँकी रेडियो ओखलढुंगाको र सबै भन्दा कम   साब्र प्रगति मावि भदौरेको रहेको नेपाल विद्युत प्रधिकरण ओखलढुंगा फ्युज सेवा प्रमुख शान्तिलाल खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार रेडियो ओखलढुंगाको ५८ हजार ५ सय १६ र साब्र प्रगति मावि भदौरेको ५ सय ८५ रहेको छ ।
 
त्यस्तै व्यक्तिगत ग्राहकहरुसंग पनि २ सय ४० रुपौयाँ देखि १५ हजार ९ सय ७९ रुपौया सम्म उठ्न बाँकी रहेको खतिवडाले बताए । सबै भन्दा बढी विद्युत महसुल बाँकी रहेको रमाइलो सामुदायिक रेडियोले भने आजै ७८ हजार तिरेको प्रधिकरणले जनाएको छ । बक्वैंता रहेको विद्युत महसुल तिर्नका लागि यही भदौं वीस गते सम्म समय दिएको र सो समयावधि भित्र महसुल नतिर्ने ग्राहकहको लाइन काटीने प्रधिकरणले बताएको छ । 
 
यसै गरी ओखलढुंगामा अग्रीम विद्युत महसुल तिर्ने सरकारी कार्यालय पनि रहेका छन् । जिल्ला कारागार शाखाको नाम बाट  १ लाख ८७ हजार रुपौया प्राधिकरणमा अग्रीम जम्मा भएको देखिन्छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय,कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला निर्वाचन कार्यालय, घरेलुतथा साना उद्योग विकास समितिको कार्यालय लगाएतका १७ वटा कार्यालयले अग्रीम विद्युत महसुल बुझाउने गरेको  नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले जनाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ