arrow

यौनकाण्ड बाहिर आएपछि मन्त्रीलाई बाइबाइ

logo
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
sandip-kumar.jpeg
नयाँदिल्ली । भारतको नयाँदिल्ली राज्यका एक मन्त्री यौनकाण्डमा मुछिएपछि मुख्यमन्त्री अरबिन्द केजरीवालले उनलाई बर्खास्त गरेका छन् । महिला एवं बालकल्याण मन्त्री सन्दीप कुमारको यौन सिडी सार्वजनिक भएपछि केजरीवालले उनलाई बर्खास्त गरेका हुन् । 
 
चुनाव प्रचारप्रसार अभियानको क्रममा सन्दीप कुमारले आफूलाई एक स्वच्छ छविका नेता भएको दाबी गर्ने गरेका थिए।
 
aap minister, sandeep kumar sacked
 
बुधबार राति बर्खास्तीमा परेका कुमारले भने बिहीबार मिडिया सामु आफू दलित भएका कारण आपूलाई फसाइएको आरोप लगाए । 
 
तर केजरीवालले आफ्नो पार्टीको बचाउ गर्दै सन्दीप कुमारले पार्टीलाई नै बदनाम गरेको आरोप लगाए । केजरीवालले आम आदमी पार्टीको आन्दोलनलाई नै कुमारले धोका दिएको आरोप लगाए । 
 
aap minister sandeep kumar sacked
 
एक अज्ञात व्यक्तिले ९ मिनेटको आपत्तिजनक भिडियो र ११ वटा फोटोहरु मिडियालाई बाँडेका थिए । मिडियाले भने यो भिडियो सन्दीप कुमार आफैले बनाएको दावीसमेत गरेका छन् । 
 
सन्दीप कुमारले महिलालाई बढी नै सम्मान गर्ने बताउँथे । यहाँसम्म कि उनले एक अन्तर्वार्तामा आफूले हरेक बिहान आदरपूर्वक पत्नीको पाउ छुने गरेको पनि बताएका थिए।
 
aap minister sandeep kumar sacked
 
गत ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दिल्लीमा आयोजित एक कार्यक्रममा उनले आफ्नो सफलताको श्रेय आफ्नी पत्नी ऋतुलाई दिँदै आफूलाई सडकदेखि मन्त्री पदसम्को यात्रामा आफ्नी पत्नी सधैं प्रेरणाको स्रोत बनेको बताएका थिए।
 
त्यही बेला उनले हरेका बिहान उठेर आफ्नी पत्नीको पाउ छुने गरेको बताएका थिए। उनको सो अभिव्यक्ति लगत्तै कार्यक्रमस्थल तालीले गुञ्जायमान भएको थियो ।
 
aap minister sandeep kumar sacked
 
आपत्तिजनक सिडी केजरीवालले बुधबार राति ८ बजे पाएका थिए । उनले ८.३० बजे नै सन्दीपकुमारलाई निकालिदिएका थिए । उनले स्पष्ट रुपले भनेका छन्, ‘मैले पार्टी बन्द गर्न सक्छु तर आफ्नै कार्यकर्ताको गलत हर्कत सहन सक्दिन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ