निर्जली प्रेम

रघुनाथ ढकाल, प्रकाशित मिति : २०७३ भदौ १७ शुक्रबार , ३,८०७ पटक हेरिएको
“तँलाई .......सित बिहे गर्दिने हो, ए ज्वाइँ ” यो वाक्य प्रकाश दाइले बारम्बार भन्दै मलाई जिस्काइरहन्थे । तर, मैले त्यो केटीलाई देखेको पनि थिइन । म पार्टीको कार्यक्रमको लागि संयोगले त्यहीँ जानुपर्ने भयो । एउटा साथी खोजें , जङ्ग भाइ । ती केटी मेरा सहपाठी मित्रकी सहपाठी हुन् । मैले उसलाई देख्दा नदेख्दै पनि बारम्बार उसँग जोडेर जिस्काइन्थ्यो, विशेष गरी वेद दाइ र प्रकाश दाइ यसका नाइके थिए ।
 
बारम्बार एउटी केटीको बारेमा जिस्काइरहेपछि त एकपटक कता कता देखुँ देखुँ पनि लागेको थियो । मेरो साथीले भन्थ्यो ‘ब्याचलर थर्ड’मा पढ्छे । काली काली राम्री छे । तर मेरो मनमा भने त्यस केटीसँग कुनै सम्बन्ध अगाडि बढाउने साहस थिएन । त्यसैकारण उसको बारेमा खासै ख्याल राख्दैनथें । तर, संयोगले त्यसै गाउँमा पुगेपछि भने भेटुँ कि नभेटुँ भन्ने लाग्यो । मनैमनबीचको द्वन्दले अन्त्यमा नभेट्ने निधो गरेँ ।
 
वरको ठूलोरुख, पोखरी माथि स्थापित महादेवको मूर्ति, साँच्चै राम्रो थियो त्यो ठाउँ । विभिन्न ठाउँहरु घुम्दै पर शिवालयमा पुग्यौं । दर्शन गर्यौं र फर्कियौं । बाटोमा पुगेपछि प्रकाश दाइले भन्न भ्याइहाले “ जाने हो निर्जलीकोमा ?” होइन–होइन नजाने । मैले नजाने भनेपछि हुन्छ नजाने भन्दै हाँस्दै अघि लाग्यो । मैले उसको हाँसोको रहस्य बुझ्न सकेको थिइन । मोटर बाटोबाट मास्तिर फर्केर हेर्दा एउटा रातोमाटोले पोतेको, खरले छाएको सानो तर सुन्दर घर थियो । मित्रको गाउँमा उनको पछि लागि हिड्नु मेरो बाध्यता थियो । स्वभावै त्यस घरको आँगनीमा पुग्यौं । घर गोठबिचको आँगन । आँगनबाट तल शिवालयमा मन्दिर फाँट रमाइलो परिवेस थियो । 
 
मदाने डाँडाले उभिएर हेरिरहेको थियो । बाहिर दलानको खाटमा एक जना भद्र स्वभावका व्यक्ति हुनुहुन्थ्यो । प्रकाश दाइले बसेर गफ गर्न लाग्नुभयो । मैले त्यहाँ कसैलाई पनि चिनिन । संगै गएको जङ्ग भाइ बाहिर पिंडीमा बस्यो । प्रकाश दाइले भन्न भ्याइहाले खै त निर्जली ? मेरो होस हवास उड्यो । मित्रले त यहाँ पो ल्याएछन् । शरीर भर पसिना आए । ती भद्र व्यक्तिले भित्र छे भने,।  ‘ए निर्जली बाहिर दाइ आउनु भा’ छ । 
एउटी सानी, काली काली लामो कपाल भएकी केटी बाहिर निस्की । मलाई नमस्कार भनिन् । तर मित्रलाई भने नमस्ते गरी । यस्तैमा प्रकाश दाइले कानमा खुसुक्क भने भोलिको श्रीमान् भनेर नढोगेकी । म झनै रातो भएँ, केटी राम्रै रैछे ।
एउटी सानी, काली काली लामो कपाल भएकी केटी बाहिर निस्की । मलाई नमस्कार भनिन् । तर मित्रलाई भने नमस्ते गरी । यस्तैमा प्रकाश दाइले कानमा खुसुक्क भने भोलिको श्रीमान् भनेर नढोगेकी । म झनै रातो भएँ, केटी राम्रै रैछे । मैले झुलुक्क हेरें, प्रकाश दाइले मेरो आँखामा हेरिरहेका थिए । प्रकाश दाइले मेरा आँखामा हेरेको देखेर लाज लागेर आयो । चिया लिनोस् मैले सुनेँ तर उसको अनुहार हेर्ने हिम्मत गर्नै सकिन । बुढा मान्छे सायद हजुरबा होलान् । बाबा मास्टर हुन् भन्ने थाहा थियो ।
 
मैले चिया लिएँ, जङ्ग भाइले चिया लिन्न भनेकोले होला उसैले केरा ल्याएर दिई । गाउँमा हुन लागेको कार्यक्रमको बारेमा पनि चर्चा भयो । मलाई त्यस घरबाट छिटो भन्दा छिटो निस्कन मन लागेको थियो । उ भित्र थिई, धूवाँ व्यापक थियो । उसको अनुहार राम्ररी देखेको पनि थिइन र हेर्न सक्ने साहस त्यतिबेला ममा आउन सकेन । त्यो घर छोडेर माथि निक्लियौं ।
 
माथि निक्लिएपछि गाली गरेँ, जहाँ नलैजानेको उहीँ लैजान्छ । उसले हाँसेरै टार्यो । मित्रको घरमा खाना खाईवरी सुत्न भनेर माथि अर्को घरमा गयौं । सबै निदाए तर म भने निदाउन सकिन । आँखा चिम्लन्छु, कोल्टे पल्टिन्छु तर निद्रा आएन । यो मनले आफैंलाई गाली गर्न थाल्यो एक पल्ट पनि मुहार हेर्न नसक्ने नामर्द ! मैले उसको अनुहार समेत देख्न नसक्दा नमज्जा लाग्यो । देखेर पनि नसम्झने म कस्तो पागल ...... ! 
 
सोच्दा सोच्दै निदाइएछ परेवाको घुरघुराहटले । बिहानीको संकेत गर्योे, म उठेर आफ्नो नित्यकर्म सकेर मेरो घरतिर लागें । बाटामा साह्रै यादले सतायो, देखेपछि माया लाग्दो रहेछ । माया बढ्दो रहेछ ।
 
हाम्रा कार्यक्रममा मैले उसलाई धेरै खोजें, उ नआएर हो या मैले नचिनेर हो मैले उसलाई देखिन । त्यसैले मेरो मन धेरै खिन्न पनि भयो । मेरो मित्रकी बुढी अलि छुच्ची छे सिधै भन्दिहाल्छे । उ र म सहपाठी पनि हो । ए रघु दाइ ,  निर्जलीले त सेकेण्ड ईयर नि पास गरिछे  । पास भएर के भयो त ? मनमा ऊ पास भन्दा खुसी भएँ । मेरा मित्रकी बुढीले एकदिन सबैजना बसेको बेला भनीहालीन्  “रघुलाई मञ्जरी बिहे गर्दिने हो ? ” जोडी मिल्छ, सबैजना हाँसे । 
 
साथीको सम्पूर्ण परिवारमा मलाई निर्जलीसँग बिहे गर्दिने भनेर व्यापक चर्चा चलाइन्थ्यो । मैले लाज मान्दै सुन्नुपर्ने बाध्यता थियो । सबैले जिस्कउँदा पनि प्रमुख कुरो उसले मन पराउँछे कि पराउन्न भन्ने मै थियो । 
 
उसको गाँउ गएर फर्केपछि मैले उसलाई मनपराउँन थालीसकेको थिएँ । बाटामा बसेर जिब्रो पड्काउने बानी हरायो । केटीका अधिकांश नम्बर पनि मोबाइबाट मेटाएँ । यसको प्रमुख कारण उसलाई पाउने अभिलाषा मनमा हुनु नै हो । कसैंसंग बोल्दा पनि मन बिग्रिन्छ की भन्ने लाग्थ्यो । यो सबै उ प्रतिको मेरो समर्पण र माया नै हो । 
 
मैले कलेज पढ्दा, मित्रकी बुढीसँग भेट हुँदा सोध्ने गर्थँँे घरको बारेमा । त्यसका आमा बुबा, भाई बहिनीलाई कस्तो छ भनेर, स्वभाविक उत्तर आउँथ्यो ‘सञ्चै छ ’ निर्जलीको बिषयलाई नै लिएर अरु कुरा गर्ने सामथ्र्य कहाँ थियो र ममा ?
 
वेद दाइले कताबाट थाहा पाएछन यो एकोहोरो माया सम्बन्ध, अनि सोधे  ‘कुरा चलाउँ ? । मैले भनेँ यो सम्भव छैन । उनीहरुले मलाई दिदैनन् । उनले भने बुझौँ, के भन्छस्, के छ र दिनै नहुने?
उसको गाँउ गएर फर्केपछि मैले उसलाई मनपराउँन थालीसकेको थिएँ । बाटामा बसेर जिब्रो पड्काउने बानी हरायो । केटीका अधिकांश नम्बर पनि मोबाइबाट मेटाएँ । यसको प्रमुख कारण उसलाई पाउने अभिलाषा मनमा हुनु नै हो । कसैंसंग बोल्दा पनि मन बिग्रिन्छ की भन्ने लाग्थ्यो ।
शंकरदेव क्याम्पसमा एकदिन मेरो मित्र ऋषि, उसको श्रीमतीसँग भयो । साथमा एउटी केटी पनि थिई । लाग्यो यस्कै साथी होला । र छुट्ने बेलामा सोधेँ यो को हो ? ‘निर्जली ’ उसले उत्तर दियो । वर्षौँदेखी मनमा गुम्सेको नाम , जसले मलाई धेरै परिवर्तन गरायो । त्यहि व्यक्ति नै मेरो सामुन्ने ! 
उनले अलि लजाउँदै भनिन् : 'तपाईँको नाम रघु , थर चाहीँ बिर्सेँ । परार दशैंमा हाम्रो गाउँ आउनुभाथ्यो..... ' म झन् खुसी भएँ । उसले चिनेको कुरा गर्दा पनि । उनीहरु मसँग छुट्टिएर टाढै पुगे पनि उभिएरै हेरिरहेँ ।
धेरै खुसी भएँ, सोधिहालेँ  नानु मलाई चिनेकी छ्र्र्यौ ? उनले अलि लजाउँदै भनिन् : 'तपाईँको नाम रघु , थर चाहीँ बिर्सेँ । परार दशैंमा हाम्रो गाउँ आउनुभाथ्यो..... ' म झन् खुसी भएँ । उसले चिनेको कुरा गर्दा पनि । उनीहरु मसँग छुट्टिएर टाढै पुगे पनि उभिएरै हेरिरहेँ । लामो कपाल मीठो बोली, सुन्दर नयन, चरीको जस्तो जिउ, भन्नेले उसलाई काली पनि भने । तर मलाई ऊ साँच्चै राम्री लाग्थ्यो । 
 
मेरो साथीहरु भmन् अचम्ममा थिए । बैङ्कको जागिरे यस्ता धेरै राम्रा केटीलाई छाडेर रघु किन यस्तीको पछाडी दौडिन्छ ? भनेर । साथीहरुलाई म भन्थेँ सुपारी चाम्रो ........ 
  
तर  किन हो उसँग मेरो मन मुटुनै साटीएझै भएको थियो । नदेख्दै त त्यत्रो प्यार गर्ने मान्छे म , आमने सामने भएर कुरा गरेपछि त बढ्न पो थाल्यो । उसकै बारेमा कल्पना गर्दा निदाइएछ। कोही पनि थिएनन् ।
 
ऊ बानेश्वर जान भनेर हिंँडेकी रहिछ । हनुमानथानमा टुप्लुक्कै भेटिई । उसलाई चिया खान अफर गरेँ तर मानिन । कोठा हेरेर जाऊँ न त मैले फेरी आग्रह गरेँ, उसले बल्ल बल्ल मानी । हाम्रो कोठामा पुगेपछि उसले हाम्रो कोठालाई नियली र भनी “कोठा सफा गर्नुपर्छ । कसरी यस्ता कोठामा बसेको ?” म हाँसे मात्र । उसले चिनी चियापत्ति कता छ भनेर सोधी, मैले बताइदिएँ । 
 
उसले चिया पकाएर ल्याई आफुले पनि चिया राखी अनि मलाई सोधि, चिया कस्तो छ ? असाध्यै मीठो छ, मैले नचाखिकन भनेछु । नचाखिकन पनि थाहा हुन्छ र ? म लाजले रातो भएँ र हाँसे । 
 
ऊ मेरो नजिकै आई र बसी । मैले उसलाई बिस्तारै तानेँ । ऊ मानिन, च्याप्प समातेर काखमा राखेँ । उसले मेरा आँखामा एक टकले हेरी खुब प्रशन्न मुद्रामा । बिस्तारै तनतनको आगोले हामीलाई न्यानो पार्न थाल्यो । हामी दुबैजना आँ ( आफ्नो चाहाना, इच्छा र आबश्यकता पूरा गर्न थाल्यौं ।  कामको चरमेत्कर्षलाई छोड्न कर लाग्दो रहेछ । मन नहुँदा नहुँदा परिस्थितिले शुषुप्त पार्यो । 
 
म शैय्या बाट उठें, उनी पनि उठिन् । दुबैको मुहारमा रणभूमीबाट भर्खर युद्व जीतको सिपाहीझैँ पसिनाका साथमा मिश्रित खुशी पनि थियो । यस्तैमा कसैले ढोका ढक्ढकायो उठेर ढोका खोलिदिएँ । भाई राजेश आएको रहेछ ।
 
समयको अन्तरालमा अधिवेशनको बहानामा उसलाई देख्ने मात्र अभिलाषामा  उसको कलेज गएँ । साथीहरुको माझँमा उसलाई देखेँ । साँच्चै राम्री थिई । म गएपछि ऊ किन हो मै तिर आई, म नजिकै बसी । उसको सामीप्यतालाई मैले छुट्टै अर्थमा बुझेको पनि थिएँ । उसको एकजना साथीले उसको कानमा यस्तो अप्रिय शब्द बोल्यो ।  मलाई बढो अप्ठेरो लाग्यो । त्यसो भन्ने व्यक्तिसंग पनि मेरो राम्रो सम्बन्ध थियो, उसलाई सिधै आक्रमण गर्न सकिन । किनकी त्यहाँ इज्जत म, उनी र त्यो मान्छे तिनै जनाको थियो । 
 
त्यस घटना पछि मैले उसँग बोल्नै बन्द गरेँ । मलाई लाग्यो कि उसलाई हेप्नु नै मलाई हेप्नु हो । उसको बेइज्जती नै मेरो बेइजती हो । उसको बुवा पनि आउनुभएको थियो । बुवा,ऊ र म तीनै जना थियौँ   । बुवाको मोबाइलमा  फोन आयो । बुवा बाहिर निस्कनुभयो । 
 
उसले बाहिर फोनमा गरेको सबै कुरा सुनेँ, निर्जली बिहेको कुरा चलेको रहेछ । साह्रै नरमाइलो लाग्यो । मैले गर्न सक्ने अवस्था केही थिएन । तर नानु अझ १ वर्ष  बिहे नगर है भन्न मात्र भ्याएँ । त्यहाँ भन्दा धेरै गर्ने केहि अवस्था थिएन ।
 
म अझसम्म उसले मन पराउँछे कि पराउन्न , स्वीकार्छे या स्वीकार्दिन भन्ने  कुरामा म अनभिज्ञ छु । मैले उसलाई मन पराएको कुरा भन्न सकेको छैन । भाई राजेशले मोबाइलमा गीत घन्काएको छ । सधै मोबाइल नबजा भनेर गाली गर्थे तर आज  मैले गाली गर्दिन । किनकि मेरो हृदयको धड्कन  गीत बनेर गुञ्जिरहेको थियो ।
 
तिमीले नि मलाई मन पराएकी हौ र ?
 
मैले जस्तै भन्न मात्रै डराएकी हौ र ? 
 
नमान न लाज ....................
 
नयाँ