arrow

कतार एयरवेजको ट्राभल फेस्टिवल शुरु

logo
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
qatar-airways.png
काठमाडौं। कतार एयरवेजको सर्वाधिक लोकप्रिय ट्राभल फेस्टिभल पूणः आयोजना भएको छ। फेस्टिभल अन्तर्गत विश्वभरका यात्रीहरुलाई रोमाञ्चक स्थानमा पुगी रमाइलो गर्ने अवसर प्रदान गरिनेछ। साथै, आकर्षक उपहारहरु जित्ने अवसर समेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
 
अगस्ट २९ देखि सेप्टम्बर ५ २०१६मा आयोजना हुने ट्राभल फेस्टिवल अन्तर्गत यात्रीहरुलाई विश्वकै केही सर्वाधिक लोकप्रिय “होलिडे” गनतब्यमा रमाउने, कम्पानियन प्रमोशन अफर मार्फत १ टिकटको शुल्कमा २ जनालाई घुम्ने अवसर, ४० प्रतिशत सम्मको छुट, “बुक मोर एण्ड सेभ मोर” लगायत सुविधा १५ सेप्टेम्बर २०१६ देखि ३० जून २०१७ सम्मको यात्रामा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ। फेस्टिवल अन्तर्गत होटलका लागि विशेष डिल तथा कार रेण्टल लगायतमा समेत छुटको ब्यवस्था गरिने जानकारी दिइएको छ। 
 
कतार एयरवेज प्रिभ्लेज क्लब मेम्बरहरुले ट्राभल फेस्टिवलका दौरान बुकिङ्स गर्दा ट्रिपल क्यूमाइल्स समेत प्राप्त गर्ने जानकारी दिइएको छ। 
 
ट्राभल फेस्टिवल अन्तर्गत छुटका साथै आठ दिनको यो कार्यक्रमका दौरान यात्रीहरुले विशेष उपहारहरु समेत जित्न सक्ने बताइएको छ । फेस्टिबल अवधिभर ६ सय भन्दा बढीको सङ्ख्यामा उपहार बाँडिने छन्। उपहार अन्तर्गत कतार एयरवेज र वानवल्र्डको सहकार्यमा एक जोडीका लागि “एराउण्ड दि वल्र्ड” एयर ट्राभल टिकेट्स प्रदान गरिने छ।
 
त्यसैगरी, कतार एयरवेजद्वारा प्रायोजित एफसी बार्सिलोना म्याचहरुका लागि एक जोडीका लागि टिकट जित्ने अवसरका साथै साइन्ड फुटबल जर्सीहरु समेत प्रदान गरिने छन्। यात्रीहरुलाई विश्वकै सर्वोत्कृष्ट बिजनेश क्लास सेवाको अनुभव लिने अवसरका लागि मानार्थ अपग्रेड्सपनि प्रदान गरिने जानकारी दिइएको छ। उपहार योजना अन्तर्गत एयरलाइन्सको ग्लोबल सञ्जाल भित्र निःशुल्क ईकोनोमी क्लास फ्लाइट, ५ ओटा कतार एयरवेज होलिडे प्याकेजेज्, कतार ड्यूटी फ्रिमा उपयोग गर्न  सपिङ्ग भाउचर लगायतको ब्यवस्थापनि रहको छ।
 
“यही बर्षको ज्यानुअरीमा पहिलो पटक आयोजना गरिएको कतार एयरवेज ट्राभल फेस्टिवलले उपभोक्ताहरुलाई उपलब्ध मध्यका सर्वोत्कृष्ट डिलको मज्जा लिने पृथक प्लेटफर्म उपलब्ध गराएको थियो। यस पटकको ट्राभल फेस्ट अवधिभर हाम्रा यात्रीहरुले अझ बढी आकर्षक प्याकेजेज् तथा ट्राभल डिल्स मध्यबाट आफू अनुकुल रोज्ने अवसर प्राप्त गर्नेछन्। यसले तिनलाई विश्व अवलोकन गर्ने अवसरका साथै विभिन्न आकर्षक उपहार समेत जित्ने अवसर प्राप्त हुनेछ । हामी उपभोक्तालाई सपना हेर्न मात्र नभइ सपनालाई साकार समेत पार्न प्रेरित गर्न चाहान्छौँ ”, कटार एयरवेजका प्रमुख कमर्शियल अफिसर डा. ह्यूग डनलिभीले भने।
 
कतार एयरवेजले उडान भर्ने अमेरिका, मिडल ईष्ट, यूरोप र अफ्रिकाका साथै विश्वभरका १ सय ५० भन्दा बढी गनतब्यका ईकोनोमी र बिजनेश क्लास रिटर्न एयरफेर्समा ट्राभल फेस्टिवल अवधिभर अफर लागु हुनेछ। 
 
ट्राभल फेस्टिभल अन्तर्गतका अफरको लाभ उठाउनका लागि उपभोक्ताले  qatarairways.com/travelfestival लगनअन गर्न सक्छन्। साथै, यो सुविधा कतार एयरवेजका सेल्स अफिस तथा निर्धारित ट्राभल पार्टनर मार्फतपनि लिन सकिने जानकारी दिइएको छ।
 
कतार एयरवेजले विश्वकै सर्वोत्कृष्ट १० एयरपोर्ट मध्यको एक दोहा स्थित हमाद अन्तरराष्ट्रिय विमानस्थल मार्फत  बढ्दो क्रममा रहेको १ सय ५० भन्दा बढी गनतब्यको सञ्जालमा उपभोक्ताहरुलाई उडान सेवा प्रदान गरिरहेको छ। साथै, यात्रीहरुले एयरलाईनको सञ्जालमा सन् २०१६मा थपिएका लस एन्जिलिस (यूएसए), रास अल खाइमा (यूएई), सिड्नी (अष्ट्रेलिया), बोस्टन (यूएसए), बर्मिङ्घम (यूके), यरेभान (अरमेनिया), एट्लान्टा (यूएसए), माराकेच (मोरोक्को) र पिसा (ईटाली) गनतब्यको यात्राको मज्जा समेत लिन सक्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ