arrow

महिला स्वास्थ्य सेविकाको मृत्युहुँदा गाँउ नै शोकमग्न !

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
bhajang.jpeg
बझाङ । गाँउ नजिकैको घाँसे मेलामा घाँस काट्न गएकी स्वयम् सेविका को घाँस काट्ने क्रममा लडेर मृत्यु भएपछि गाँउ नै शोकमा डुबेको छ । यहाँ स्थित लामातोला गाविस वडा नम्बर ७ बस्ने ३५ वर्षीया रजनी गिरीको गाँउ नजीकै रहेको डिस्न भिरमा घाँस काट्ने क्रममा लडेर ज्यान गएपछि गाँउ नै शोकमा परेको हो । 
 
स्वास्थ्य स्वयम् सेविका हुदा गाँउमा हुने समान्य रोगको उपचार मात्रा नभई महिला बालबालिकालाई स्वास्थ्य संस्थासम्म आफु संगै लिएर उपचार गराउने, बिभिन्न स्वास्थ्य सम्बधी जानकारी समेत सहज रुपमा आफनो ब्यक्तीगत कामलाई पनि छोडेर दिने गरेको स्थानीय लक्ष्मी गिरीले बताउछिन् । 
 
गाँउमा समान्य रोगको उपचार सबै सजिलो हुने गरेको स्थानीय बताउँछन् । ‘बालबालिकादेखि बुढापाका पोषणदेखि प्रजनन स्वास्थ्य सम्म बिभिन्न परामर्शदेखी उपचारसम्म गर्नु हुन्थ्यो’ उनको स्मरण गर्दै गिरीले भनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ