arrow

वैदेशिक रोजगारलाई मर्यादित बनाउन पौडेलको आग्रह

logo
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
Ramchandra-Poudel-11.jpg.jpeg
काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित पेसाका रुपमा विकास गर्न वैदेशिक रोजगार व्यवसायीलाई आग्रह गरेका छन् । 
 
काँग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको आठौँ साधारणसभालाई शुक्रवार सम्बोधन गर्दै उनले स्वदेशमै रोजगारीको सिर्जना गर्दै लैजानु पहिलो विकल्प भए पनि त्यसको सुनिश्चितता नभएसम्म सुरक्षित वैदेशिक रोजगारीका लागि वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । 
 
वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विमल ढकालले निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था अनुरुप कामदारबाट बढीमा रु १० हजार मात्रै उठाएर व्यवसाय धान्न नसकिने भएकाले त्यसको पुनरवलोकनका लागि सरकारसँग आग्रह गरे । 
 
आयोजक फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेले व्यवसायीलाई रु १० हजारमा कामदार विदेश पठाऊ भन्ने सरकारले भिएलन, बायोमेट्रिक प्रणाली लगायत नाममा थप रु २० हजार कामदारको आर्थिक शोषण भइरहे पनि सरकार मूकदर्शक बनिरहेको जिकिर गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ